भगवतिमा एमालेबाट निर्वाचित वडा सदस्य र काँग्रेसका नेता मल्ल माओवादी प्रवेश

Gandaki Pardesh notice

धिरन खत्री
मौवाफाँट । नेकपा एमालेबाट रघुगंगा गाउँपालिकामा निर्वाचित वडा सदस्य र नेपाली काँग्रेसका आमन्त्रित पुर्व जिल्ला सदस्य सहितका नेता कार्यकर्ता शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मौवाफाँटमा शनिबार भएको माओवादी केन्द्रको कार्यालय स्थापना कार्यक्रममा रघुगंगा गाउँपालिका–२ भगवतिमा एमालेबाट निर्वाचित वडा सदस्य तथा जिल्ला कमिटि सदस्य रसिला परियार, नेपाली काँग्रेसका आमन्त्रित पुर्व जिल्ला सदस्य सुशिल मल्ल र एमालेका वडा नम्बर २ का वडा कमिटि सदस्य रमेश कटुवाल लगायतका नेताहरु प्रवेश गरेका हुन् ।

Shreekrishna hardwear in news

नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य तथा सांसद बिनोद केसी, गाउँपालिका इञ्चार्ज रिम कटुवाल, गाउँपालिका कमिटिका अध्यक्ष हरि भण्डारी लगायतले परियार, मल्ल, कटुवाल लगायत दर्जन बढी नेता कार्यकर्तालाई पार्टी सदस्यता प्रदान गरी स्वागत गर्नुभएको थियो ।

नेपाली कांग्रेस म्याग्दीका पुर्व जिल्ला आमन्त्रित सदस्य मल्ल हाल क्रियाशिल सदस्य हुनुहुन्थ्यो । एमालेबाट रघुगंगा गाउँपालिका– २ मा निर्वाचित वडा सदस्य परियार नेकपा एमालेको हालै भएको नवौँ अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै पाटी प्रवेश गर्नुभएका कटुवाल नेकपा एमाले वडा नम्वर २ का वडा कमिटी सदस्य हुनुहुन्थ्यो ।

Bhautik ministry notice about road

मल्लले देश नेकपा माओवादीको केन्द्रको एजेण्डाले चलेको बताउदै माओवादी केन्द्र र जनताका पक्षमा रहेका ऐजण्डालाई स्थापित गराएर अघि बढ्न पार्टी प्रवेश गरेको बताउनुभयोे । उहाँले स्थानीय तहमा माओवादीको नेतृत्व स्थापित गर्न सक्रिय भएर परिचालित हुन सबैलाई आग्रह गर्नुभयो ।

गण्डकी प्रदेश सदस्य केसीले पार्टी कार्यालय स्थापनाले आगामी स्थानीय तह, प्रदेश र संघको चुनावमा कार्यकर्तासंग सहजीकरण अघि बढ्न सहयोग पुग्ने बताउनुभयो । एमाले र कांग्रेसको नेतृत्व रहेको स्थानीय तहमा संघियताको मर्मविपरित संचालन गरेर उपलब्धी विहिन बनाएका बताउनुभयो ।

माओबादीको एजेण्डा अनुसार लागू भएको गणतन्त्र र संघीयता र समावेशी ब्यवस्थाको ब्यवहारिक कार्यान्वयन गर्न आगामी निर्वाचनमा माओवादीलाई साथ दिन आग्रह गर्नुभयो । गाउँपालिका इन्चार्ज एवम् वडा नम्बर २ का वडा अध्यक्ष कटुवालले संघियताले गर्दा रघुगंगा गाउँपालिकालाई केन्द्रिय सरकारले चिन्ने अवसर मिलेको बताउनुभयो । बेनीमा केन्द्रित रहेको सेवा संघियताले गाउँगाउँमा पु¥याएर सहज भएको कुरा जनताले बुझ्न् आग्रह गर्नुभयो । माओवादी आन्दोलनका कारण संघीयता लागू भएर हरेक तहको नेतृत्वमा महिला, दलित, आदीबासी जनजाती महिलाले अवसर सुनिश्चित गरेको कुरा रघुगंगाबासीले बुझ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका गाउँपालिका कमिटी अध्यक्ष भण्डारीको अध्यक्षता, जिल्ला सदस्य घनश्याम परिवारको स्वागत र गाउँपालिका कमिटी सचिव भविन्द्र शेरपुञ्जाको संचालनमा रहेको कार्यक्रममा वडा कमिटीका अध्यक्ष, सचिव लगायतका कार्यकताले वडाका गतिविधि र आगामी रणनीतिबारे नेतृत्वलाई जानकारी गराएका थिए । कार्यालय उद्घाटनसंगै बसेको बैठकले आगामी निर्वाचन लक्षित रणनीति तयार गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...