मिलनचोकमा निशूल्क स्वास्थ्य शिविर

Add Samajik bikash office

मिलनचोक । अन्तराष्ट्रिय पर्वत समाजको आयोजनामा शनिबार जलजला गाउँपालिका–७ मिलनचोकमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जलजला गाउँपालिका र पर्वत जिल्ला अस्पताल लगायतका निकाय तथा संघ संस्थासँग समन्वय गरेर बिशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा १७५ जना महिला र ४० जना पुरुषले सेवा लिएका समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगिता कार्की कुँवरले जानकारी दिनुभयो । निशूल्क स्वास्थ्य परिक्षण, परामर्श र औषधी बितरण सम्बन्धी सेवा दिइएको थियो ।

Shreekrishna hardwear in news

स्त्रीरोग, दन्तरोग र जनरल सम्बन्धी सेवा दिइएको थियो । स्त्रीरोग बिशेषज्ञ डाक्टर अनु हिराचन, धर्मा ढकाल, दन्त चिकित्सक हेमन्त बाँस्तोला, जनरल चिकित्सक कृष्ण सुबेदी, जलजला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजु बोहोरा लगायतले सेवा दिनुभएको थियो ।

Bhautik ministry notice about road

मल्लाज, बाँसखर्क, लेकफाँट, शालिजा, धाइरिङ, नाग्लीवाङ र बनौका सर्बसाधारणले सेवा लिएका थिए । आइतबार हुवासमा पनि शिविर सञ्चालन गर्ने समाजले जनाएको छ ।

आर्थिक, भौगोलिक लगायत समस्याले अस्पताल पुग्न नसकेका ग्रामिण क्षेत्रका सर्बसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरिएको अन्तराष्ट्रिय पर्वत समाजका नेपाल प्रतिनिधी मुना भुषालले बताउनुभयो ।

शिविरको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले अन्तराष्ट्रिय पर्वत समाजले विपद् ब्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

पर्वत जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले अस्पतालको बिस्तार भएको सेवाबाट लाभ लिन सर्वसाधारणलाई आग्रह गर्नुभयो । शिविर उद्घाटन कार्यक्रमको सञ्चालन नबिन जिसीले गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...