गलेश्वरमा महाशिवरात्री मेलाको तयारी

Add Samajik bikash office

सामाजिक सुरक्षा भत्ता वापत पाएको रकम गलेश्वरलाई सहयोग

सजिना खड्का
गलेश्वर । पश्चिमको पशुपतिनाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्री मेलाको तयारी भएको छ ।

फागुन १७ गते परेको यस बर्षको महाशिवरात्री पर्वको अवसरमा आयोजना गरिएको मेलाको तयारी तिब्र पारिएको गलेश्वर शिवालय क्षेत्र बिकास कोषले जनाएको छ । कोषका सदस्य सचिब बलबहादुर खत्रीले अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा २३ वटा उपसमिति गठन गरेर मेलाको तयारी गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

महाशिवरात्री पर्वलाई सुरक्षित र ब्यवस्थित रुपमा सम्पन्न गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिका, क्लब, आमा समूह लगायत सामाजिक र धार्मिक संघ संस्थासँग समन्वय गरेर उपसमितिहरुले तयारी गरेका हुन् ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गरिने मेलामा आउने भक्तजनलाई मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । शिवरात्रीको अवसरमा महाबक्ती बाल्ने ब्यवस्थालाई निरन्तरताका साथै गलेश्वर मन्दिर परिसरमा ११ वटा धारामा स्नान गर्ने सुबिधा थपिएको छ ।
कालीगण्डकी नदीबाट पम्पिङ गरेर तानिएको पानीलाई २५ हजार लिटर क्षमताको ओभरहेड टंकीमा संकलन गरेर धारामा भक्तजनले स्नान गर्ने ब्यवस्था मिलाएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । यसअघि गलेश्वर मन्दिरको छानामा पित्तल राखिएको थियो ।

खानेपानी, जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय म्याग्दीको सहयोगमा निर्माण भएको संरचनामा दाताबाट सहयोग जुटाएर धारा बनाई सञ्चालन गरिएको कार्यालय सचिब राम बानियाले बताउनुभयो । फागुन १६ गते धाराको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

Bhautik ministry notice about road

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमा फैलिएको गलेश्वरमा महाशिवरात्री, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ । गलेश्वरधामलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धारका रुपमा चिनिन्छ ।

द्धापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पुजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ । शिवरात्री मेलामा म्याग्दी, पर्वत, बाग्लुङ कास्की लगायतका जिल्लाबाट भक्तजन आउने अनुमान छ ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका–१३ पटिहानीका ८० वर्षीय लेखनाथ र उहाँकी श्रीमति तोरणकुमारी देवकोटाले शनिबार गलेश्वर शिवालय क्षेत्र बिकास कोषलाई रु. पचास हजार एक सय सहयोग गर्नुभएको छ ।

देवकोटा दम्पत्तिले कोषका अध्यक्ष रेग्मी, उपाध्यक्ष पुन, सदस्य सचिब खत्री र कार्यालय प्रमुख बानियालाई नगद हस्तान्तरण गर्नुभएको थियो । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता संकलन गरेर गलेश्वर मन्दिरको पुजा ब्यवस्थापन लगायतका कार्यका लागि सहयोग गरेको देवकोटाले बताउनुभयो ।

१५ बर्षअघि गलेश्वर दर्शनका लागि आएका देवकोटाले बुवा बासुदेब र आमा पुतलीदेबीको नाममा सहयोग गर्ने संकल्प पुरा गरेको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...