पुर्जा पर्यटन सद्भावना दूत नियुक्त

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका किर्तिमानी हिमाल आरोही निर्मल पुर्जा पर्यटन सद्भावना दूत नियुक्त हुनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बिहिबार पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको हो । मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गर्नुभयो ।

Bhautik ministry notice about road

पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुशीको क्षण भएको दावी गर्नुभयो । उहाँले आरोही पुर्जाको साहसको सम्मान गर्दै आगामी दिनमा आफ्नै रेकर्डलाई ब्रेक गर्ने गरी अगाडि बढ्न शुभकामना व्यक्त गर्नुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा बोल्दै हिमाल आरोही निर्मल पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफ्नो जिम्मेवारी थपिएको महशुस गरेको बताउनुभयो । आगामी दिनमा पनि देशलाई विश्वमाझ चिनाउनका लागि आफुले योगदान गर्न चाहेको उहाले उल्लेख गर्नुभयो ।

पुर्जाले सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालहरु आरोहण गरी विश्व कीर्तिमान बनाउनु भएको छ । उहाले बनाएको १४ पिक्स नथिङ इज इम्पोसिबल डकुमेन्ट्रीले विश्वभर चर्चा कमाएको छ । पुर्जा बेलायती गोर्खा सैनिकको सेवा निवृत सैनिक हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...