जेसीजको सकारात्मक सोच र तनाव व्यवस्थापन कार्यक्रम

Gandaki Pardesh notice

बेनी । बेनीमा बिहिबार सकारात्मक सोच र तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

Bhautik ministry notice about road

म्याग्दी जेसीजको आयोजना र ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय म्याग्दीको समन्वयमा कार्यक्रम आयोजना भएको हो । सकारात्मक सोचबाट तनाव व्यवस्थापन कसरी गर्ने, आफूलाई कसरी सधै सकारात्मक र तनाव रहित बनाउन सकिन्छ भन्ने विषयमा अन्तराष्ट्रिय मोटिभेसन प्रशिक्षक रमण भट्टराईले सहजिकरण गर्नुभएको थियो ।

म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता, कार्यक्रम संयोजक कृष्णप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा जेसीजका पदाधीकारी र सदस्यहरुको सहभागिता थियो । कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, ब्रह्मकुमारी राजयोग विश्व विद्यालय म्याग्दीका प्रमुख रिना दिदी लगायतको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...