रुखबाट खसेका मजदुरका परिवारलाई राहत

Gandaki Pardesh notice

बेनी । पिपलको रुखबाट खसेर ज्यान गुमाएका मजदुरका परिवारलाई बेनी नगरपालिकाले क्षतिपुर्ति र किरियाखर्च उपलब्ध गराउने भएको छ ।

बेनी नगरपालिका–७ बिरेन्द्रचोक स्थित पिपलको रुखको हाँगा काट्ने क्रममा खसेर मंगलबार मालिका गाउँपालिका–२ रुमका अन्दाजी ४२ बर्षका थामबहादुर पुनको मृत्यु भएको थियो ।

मृतकका आफन्त, नगरपालिकाका जनप्रतिनिधी सहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा भएको छलफलमा नगरपालिकाले काजक्रिया खर्च रु. २५ हजार र क्षतिपुर्ति वापत रु. सात लाख उपलब्ध गराउने सहमति जुटेको हो ।

Shreekrishna hardwear in news

मृतक पुनकी एक छोरीलाई उच्च शिक्षासम्म आवश्यक छात्रबृत्ति सहित निशुल्क पठनपाठनको सुविधा समेत नगरपालिकाले उपलब्ध गराउने सहमति भएको बेनी नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

पिपलको रुखको हाँगा काट्ने क्रममा गत मंगलवार लडेर गम्भीर घाईते भएका पुनलाई उपचारको क्रममा बेनी अस्पतालमा मृत घोषित गरिएको थियो । मृतक पुनका परिवारलाई श्रम ऐन २०७४ दफा ५५ उपदफा ३ अनुसार नै क्षतिपूर्ती उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै मृतकको परिवारलाई बिरेन्द्रचोक टोल सुधार समितिले समेत थप ५० हजार नगद राहत दिने प्रतिबद्धता जनाएको जिफन्ट म्याग्दीका सचिव अर्जुन रानाले जानकारी दिनुभयो । मृतकको परिवारलाई क्षतिपुर्ती दिने निर्णय र एक सन्तानको शिक्षा दिक्षाको जिम्मा सरकारले लिनु स्वागतयोग्य कदम भएको सचिव रानाको भनाई छ ।

नगरपालिका उपमेयर सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा अध्यक्षद्धय राजेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण बराईली, मगर संघ म्याग्दीकी अध्यक्ष डमायाँ पाईजा मगर लगायतको उपस्थितीमा भएको दुईपक्षीय छलफलमा सहमति भएपछि मृतक पुनको सब बुझ्न आफन्त सहमत भएका छन् ।

जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयको बिच तथा ब्यस्त र चहलपहल भैरहने ठाउँमा रहेको पिपलको रखको हाँगाका कारण जोखिम थियो । टोल सुधार समितिको आग्रहमा वन डिभिजन कार्यालयको सहमति लिएर नगरपालिकाले हाँगा काट्ने निर्णय गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...