धवलागिरीको कोपिलाघाट र आवासखोलामा झोलुङ्गे पुल निर्माण

Gandaki Kotihome

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ नाउराको कोपिलाघाटमा झोलुङ्गे र वडा नम्बर २ को आवासखोलामा ट्रस पुल निर्माण भएको छ ।

धवलागिरी गाउँपालिकाले आवास खोलामा ३२ मिटर लामा ट्रस र नाउराको कोपिलाघाट स्थित म्याग्दी नदीमा ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । स्वाप कार्यक्रम मार्फत गैरसरकारी संस्था मिलन म्याग्दीको प्राबिधिक सहयोगमा पुल निर्माण भएको गाउँपालिकाका प्राबिधिक दिलिप थापाले जानकारी दिनुभयो ।

रु. ४० लाख ९४ हजार ४०५ को लागतमा निर्माण भएको कोपिलाघाटको झोलुङ्गे पुलबाट नाउरा र चेचुङका ३९ घरधुरी लाभान्वित भएका छन् । चेचुङका बासिन्दालाई नाउरा आवत जावत गर्न खिवाङ हुदै चार घण्टाको घुमाउरो बाटो हिड्नुपर्ने समस्या हटेको छ । उपभोक्ता समितिका अध्यक्ष रिम रोकाले एक घण्टामै नाउरा देखि चेचुङ पुग्न सकिने बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

यसैगरी आवासखोलामा रु. ३२ लाख ४१ हजार ८५९ को लागतमा निर्माण भएको ट्रस पुलबाट खोरियाका करिब एक सय घरधुरी लाभान्वित भएका छन् । आवासखोला पुलको मंगलबार र कोपिलाघाट पुलको बुधबार उद्घाटन र सार्वजनिक सुनुवाई गरिएको प्राबिधिक थापाले बताउनुभयो । आवासखोला पुलको वडा अध्यक्ष गमप्रसाद बिकले उद्घाटन गर्नुभएको थियो ।

पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता हटेको छ । पुल निर्माणका लागि टिबिएसयुको स्वाप कार्यक्रमले लठ्ठा र बुल्डअपग्रिप उपलब्ध गराएको थियो । गाउँपालिकाले स्टिल डेग खरिद र ढुवानी गरेको हो ।

धवलागिरी गाउँपालिकाले गत बर्ष शुरु गरेको सात वटा मध्य हालसम्म तीन वटा निर्माण सकिएका छन् । यसअघि वडा नम्बर ६ मराङको अस्कारे खोलामा रु. तीस लाख पचास हजारको लागतमा ३५ मिटर लामो ट्रस प्रबिधिको पुल निर्माण भएको थियो ।

सो पुलबाट धवलागिरीको मल्कवाङ, मराङ, आरबाङ, हाङबाङ, औसीबाङ, भेडिखाल्टा र रघुगंगाको कुइनेका सात सय घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष जित गर्बुजाले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...