रिलायन्स लाइफद्धारा मृत्युदावी रकम भुक्तानी

Gandaki Pardesh notice

बेनी । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार बेनी नगरपालिका–९ घतानमा मृत्युदावी रकम भुक्तानी गरेको छ ।

बिमित भुपेन्द्र खत्रीकी श्रीमति अमितालाई बेनपा–९ का वडा अध्यक्ष बेलबहादुर चोखाल र राष्ट्रिय माबि नेप्टेचौरका प्रअ तारादेबी चोखालको रोहबरमा कम्पनीका म्याग्दी शाखा प्रमुख मुक्ति पौडेलले चेक हस्तान्तरण गर्नुभयो ।

Bhautik ministry notice about road

रु. पाँच लाख बराबरको बिमा गरेर तीन किस्ता प्रिमियम शूल्क तिरेका खत्रीका परिवारलाई रु. दश लाख ३७ हजार पाँच सय हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । बेनपा–९ का वडा सचिब रहेका खत्रीको २०७८ मंसिर २० गते निधन भएको थियो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...