संसदमा एमसीसीको बिषयमा छलफल हुने वातावरण बनाउनुपर्छ – अर्याल

Gandaki Pardesh notice

बेनी, नेकपा एमालेका सचिब पद्माकुमारी अर्यालले अमेरिकी सहयोग परियोजना एमसीसीका बिषयमा संसदमा छलफल गर्न वातावरण सरकारले बताउनुपर्ने बताएकी छिन् ।

म्याग्दीको बेनीमा बुधबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले गण्डकी प्रदेशका इञ्चार्ज समेत रहेकी अर्यालले एमसीसीलाई गोलमटोल शैलीमा अघि बढाउन खोजिएकोमा आपत्ति जनाउदै छलफलको माग गरिन् ।

‘नेकपा एमाले स्पष्ट धारणाका साथ संसदमा एमसीसीको बारेमा छलफल गर्न चाहन्छ,’ उनले भनिन् ‘हामीले संसदमा भाग लिने र छलफल गर्ने वातावरण सरकारले बनाउनुपर्छ ।’

Shreekrishna hardwear in news

पुर्ब मन्त्रीसमेत रहेकी अर्यालले संसदमा छलफलका लागि एमालेको मागको सुनुवाई र संसदमा भएको बिरोधको बिषयमा सम्बोधन गर्नुपर्ने सर्त दोहोर¥याइन् ।

Bhautik ministry notice about road

‘पहिले हाम्रो माग र संसदमा भएको बिरोधको बिषय सम्बोधन गर्नुपर्छ,’ उनले भनिन् ‘पाँच महिनादेखि हामीले उठाएको मुद्दालाई बेवास्ता गर्ने अनी काउसो ल्याएर बोल्न बाध्य बनाउने काम भैरहेको छ ।’

सभामुखको बर्हिगमन र एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेपछि मात्र अन्य बिषयमा छलफल गर्न सकिने अर्यालको भनाई थियो । एमसीसीलाई पारित गर्न भन्दा पनि देशमा अस्थिरता सिर्जना गराउने नियतले संसदमा पेश गरिएको आरोप लगाइन् ।

एमसीसीको सबै प्रक्रीयामा अहिलेका सत्ता गठबन्धनका नेताहरु सहभागी भएको र एमाले नेतृत्वका सरकारले संसदमा दर्ता मात्र गरेको बताउदै अर्यालले यसको जिम्मेवारी पनि सरकारकै भएको तर्क गरिन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकारले गरेका लोकप्रिय कामबाट आत्तिएर षडयन्त्र भएको अर्यालको भनाई थियो । उनले प्रधानन्यायाधिशलाई महाअभियोग लगाएर न्यायालयमाथि सरकारले हस्तक्षेप गरी तर्साउन खोजेको र बिकास आयोजनाको बजेट कटौती गरेर मन्त्रालयको संख्या थपि शुसासनको खिल्ली उडाएको आरोप लगाइन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...