ढोलठानामा पुर्बाधार निर्माण

Gandaki Pardesh notice

ढोलथाना । म्याग्दीको बेनी नगरपालिका–९ स्थित तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानामा पर्यटकीय पुर्बाधार निर्माण भएको छ ।

ऐतिहाँसिक स्थलको संरक्षण गरि पर्यटक भित्र्याउनका लागि पुर्बाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेका छन् । पछिल्लो चार वर्षको अबधिमा ढोलथानाको पुर्बाधार निर्माणमा करिब रु. तीस लाख लगानी भएको बेनी नगरपालिका–९ घतानका वडा अध्यक्ष बेलबहादुर चोखालले बताउनुभयो ।

“सडक, पदमार्ग, उद्यान, सार्वजनिक शौचालय र बिश्रामस्थल निर्माण भएको छ,” उहाँले भन्नुभयो “बेनी देखि पछै, घतानकोत, ढोलथाना, जगन्नाथ हुदै टोड्के जोड्ने धार्मिक पर्यटकीय पदमार्गको परिकल्पना गरेर पुर्बाधार बनाएका हौ ।”

Shreekrishna hardwear in news

डिभिजन बन कार्यालय म्याग्दीको रु. पाँच लाख सहयोगमा ढोलथानामा निलबराह सामुदायिक बन उपभोक्ता समूहले सार्वजनिक शौचालय, पदमार्ग र बगैचा निर्माण गरेर पार्क बनाएको छ । चमचा डिलदेखि ढोलठाना सम्म दुई सय मिटर ढुङ्गाको सिडी चिनेर नयाँ पदमार्ग र प्रतिक्षालय निर्माण गरेको वडा सदस्य भेषबहादुर सेनले जानकारी दिनुभयो ।

“गत आर्थिक बर्षमा ढोलठाना जोड्ने सडक स्तरोन्नतिमा रु. नौ लाख, पदमार्ग निर्माण लागि रु. चार लाख र प्रतिक्षालय बनाउन रु. दुई लाख बजेट खर्च भएको छ,” उहाँले भन्नुभयो “यस बर्ष रु. एक लाख पचास हजारमा छ हजार लिटर क्षमताको टंकी सहितको खानेपानी, रु. दुई लाखमा रेलिङ, पदमार्ग र चौतारी बनाइएको छ ।”

Bhautik ministry notice about road

बि.स. २०७७ मा रु. छ लाख ३३ हजार ३३३ को लागतमा तोरीपानी देखि ढोलनाथ जोड्ने ८०० मिटर पदमार्ग निर्माण भएको थियो । राजबम मल्लको समयमा बि.स. १६३१ देखि राजाहरु हिउँदका चार महिना बेनी र अरु आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहाँस छ । पर्वत राज्य नेपालमा बिलय भएको बि.स. १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीको रुपमा रहेको थियो ।

निलबराह सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष सागर बानियाले ढोलथानामा उद्यान निर्माणका क्रममा भेटिएका प्राचिन सामग्रीहरु सुरक्षित रुपमा राखिएको बताउनुभयो । उहाँका अनुसार तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चट्नी र नुन पिस्ने सिलौटो, झिङगटी, घरका पिल्लर, इटाहरु भेटिएको थियो ।

समुन्द्रि सतहदेखि एक हजार ८८० मिटर उचाइमा अवस्थित ढोलठानाबाट धवलागिरि, अन्नपुर्ण, निलगिरि लगायत दर्जनौ हिमाल, सुर्योदयको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । बेनी र अन्य ठाउँबाट आएका पर्यटकको चहलपहल बढेको स्थानीय चित्र सेनले बताउनुभयो ।

“नागबेली परेर बगेको म्याग्दी नदीको साथै पर्वत र बागलुङका बजार तथा बस्ती अवलोकन गर्न पाउनु ढोलठानाको थप बिशेषता हो,” उहाँले भन्नुभयो “सडक यातायात सुबिधा र प्रचारप्रसारसँगै चहलपहल बढेको हो ।”

ढोलथानाको पर्यटन पर्वद्धन गर्न शनिबार सो ठाउँको जानकारी दिने होडिङ राखिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । बेनी देखि ढोलथाना हाइकिङका लागि उपयुक्त भएको उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...