कुरिति तथा लागू औषध दुब्र्यसन सम्बन्धी अभिमुखीकरण

Gandaki Pardesh notice

पोखरेबगर । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलवार कुरिति तथा लागू औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा म्याग्दी जेसीजले कार्यक्रम आयोजना गरेको हो । जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले सामाजिक कुरिति र लागु औषध दुव्र्यसन अन्यूनिकरणका लागि सामाजिक जागरण जरुरी रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवम नेपाल जेसीजका निवर्तमान राष्ट्रिय उपाध्यक्ष सुजन बरुवालले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक रुपान्तरणको लागि जेसीजले विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विरेन्द्र गुरुङले आगुऔषध र्दुव्यसन र बालविबाहको अवस्था, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा मगरले सामाजिक कुरिती न्यूनिकरणमा सरोकारवालाको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले कार्यालयले सामाजिक क्षेत्रमा गरेका गतिविधिहरुको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधि, युवा क्लब, आमा समूह र बालक्लबका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । म्याग्दी जेसीजका कोषाध्यक्ष सुमन बानियाँले आस्थापाठ गर्नुभएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो ।

जेसीजका गतिविधिलाई गाउँकेन्द्रीत गर्नका लागि तालिम, पर्यटन प्रवद्र्धन, स्वास्थ्य र सरसफाईका सामाग्री वितरण लगायतका गतिविधि सञ्चालन गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...