एम्बुलेन्स चलाउन धवलागिरीले किन्यो गाडी

Gandaki Ghumau

बेनी । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले एम्बुलेन्स सञ्चालनका लागि गाडी खरिद गरेको छ ।

बिरामीलाई सहज र सर्वसुलभ रुपमा समयमै अस्पताल पुग्ने ब्यवस्था मिलाउन महिन्द्रा कम्पनीको जिप खरिद गरेको हो । संघीय सरकारबाट भन्सार छुटमा गाडी आयात गर्न गाउँपालिकाले एक बर्षअघिदेखि प्रक्रीया थालेको थियो ।

अध्यक्ष थमसरा पुनले छुटमा रु. दश लाख ७९ हजार ७६५ मा खरिद गरिएको गाडीमा थप सामग्री जडान गर्न रु. एक लाख २७ हजार खर्च भएको छ । “यातायात ब्यवस्था कार्यालयमा दर्ता गरेर नम्बर लिन बाँकी छ,” उहाँले भन्नुभयो “कार्यबिधी बनाएर समिति गठन गरी छिट्टै एम्बुलेन्सको सेवा शुरु गर्छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

काठमाडौको अग्नी कम्पनीको सो रुमबाट खरिद गरिएको एम्बुलेन्सको गाडी बेनी ल्याइएको छ । सिट ब्यवस्थापन, पार्टेशन, अक्सिजन जडान लगायतका काममा थप खर्च लागेको हो । महिन्द्रा कम्पनीको जिपको पछिल्लो भागमा बिरामीलाई सुताएर राख्न मिल्ने अक्सिजन सहितको बेड र कुरुवा बस्ने ठाउँ बनाइएको छ ।

धवलागिरीका बासिन्दा अस्पताल पुग्न महँगो भाडा तिरेर जिप र ट्याक्सी रिजर्भ गर्नुपर्ने बाध्यता छ । बेनी हुदै पोखरा पुग्न र फर्कन कम्तीमा रु. तीस हजार लाग्ने गरेको छ । एम्बुलेन्स सञ्चालनमा आएपछि गरिब बिपन्न समुदायका नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ । सात वटा रहेको धवलागिरीको वडा नम्बर १ बाहेकका वडामा सडक पुगेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...