हंशबाहिनीको बार्षिकोत्सव

Add Samajik bikash office

बेनी, । बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत बिद्यालयले सोमबार ३९ औ वार्षिकोत्सव मनाएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुभसागर शर्माको अध्यक्षता, भुपु शिक्षक तथा सल्लाहकार भद्रबहादुर कार्कीको प्रमुख आतिथ्यता र शिक्षक बिरेन्द्र डगामी मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Bhautik ministry notice about road

शिक्षक जमुना केसीको स्वागत गर्नुभएको कार्यक्रममा अतिथि जिल्ला समन्वय समिति म्याग्दीका सदस्य सेरबहादुर केसीले मन्तब्य ब्यक्त गर्नुभएको थियो । बिद्यालयका प्रअ भोजनाथ शर्माले एक बर्षअघि ३२ जना बिद्यार्थी रहेकोमा हाल एक सय जना पुगेको जानकारी गराउनुभयो ।

Shreekrishna hardwear in news

शिक्षण बिधीमा परिवर्तन, शिक्षकहरुको मेहनत र अभिभावकको साथ तथा बिश्वासमा बिद्यालयलाई प्रभावकारी बनाउन सकिने प्रमुख अतिथि कार्कीको भनाई थियो । बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत चार कोठे भवनको योजना परेको जानकारी गराइएको थियो । बिद्यार्थीहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...