एमसिसीको बिपक्षमा उभिन सांसदलाई पत्र

Gandaki Pardesh notice

बेनी । नेत्रबिक्रम चन्द् नेतृत्वको (नेकपा) निकट युवा संगठन नेपालले शनिबार अमेरिकी सहयोग परियोजना एमसिसीको बिपक्षमा उभिन शनिबार प्रतिनिधीसभा सदस्यहरुलाई सुझाव पत्र बुझाएको छ ।

देशब्यापी कार्यक्रम अन्तरगत संगठनका नेताहरुले बेनी नगरपालिका–१ रत्नेचौर स्थित म्याग्दीबाट निर्बाचित प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापाको घरमा पुगेर सुझाव पत्र बुझाएका थिए ।

Bhautik ministry notice about road

सांसद थापा काठमाडौमा भएकाले उहाँकी श्रीमतिलाइृ सुझावपत्र बुझाएको संगठनका नेताहरुले जनाएको छ । अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेश भएको अवस्थामा बिपक्षमा मतदान गर्न संगठनले सांसदहरुलाई सुझावपत्र बुझाएको जनाएको छ ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...