मानवअधिकार रक्षकहरुलाई अभिमुखीकरण

Add Samajik bikash office

बेनी, राष्ट्रिय मानव अधिकार आयोजकले मानवअधिकार रक्षकहरुको अभिलेखिकरण र सुचिकरण गर्ने भएको छ ।

मानवअधिकारको क्षेत्रमा स्वतन्त्र रुपमा काम गरिरहेका अभियन्ताहरुको अभिलेखिकरण र सुचिकरण गर्न लागिएको आयोगले शनिबार बेनीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको हो ।

आयोगको प्रर्वद्धन तथा वकालत महाशाखाका प्रमुख दिपेन्द्रबहादुर सिंहले मानवअधिकार रक्षकहरुको अभिलेखिकरणका लागि सात वटै प्रदेशमा सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“पिडितको पक्षमा आवाज उठाउने, सार्वजनिक र वकालतमा भूमिका खेल्नेहरुको पहिचान र सुरक्षा अहिलेको चुनौतिका रुपमा देखिएको छ,” उहाँले भन्नुभयो “उनिहरुको पहिचान गरि सुरक्षाको ब्यवस्था मिलाउन अभिलेखिकरण गर्न लागिएको हो ।”

Bhautik ministry notice about road

अबैध उत्खनन्, जंगल फडानी, तस्करी, अनियमितता र सामाजिक बेतिथिका बिरुद्ध आवाज उठाउने अभियन्ताहरुलाई धम्काउने, भौतिक आक्रमण गर्ने र ज्यानै लिनेसम्मका घटना भएकाले उनिहरुको सुरक्षामा राज्य जिम्मेवार बन्नुपर्ने सिंहले बताउनुभयो ।

आयोगका गण्डकी प्रदेश कार्यालय प्रमुख चन्द्रकान्त चापागाईले फागुनको २० र २१ ग्ते पोखरामा प्रदेशभरका मानवअधिकार रक्षकहरुको सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । सम्मेलनमा मानवअधिकारको अवस्था, रक्षकहरुको चुनौति र सुरक्षाका बिषयमा छलफल हुने उहाँले बताउनुभयो ।

पत्रकार, कानुन ब्यवसायी, बाल क्लव, आमा समूह, गैरसरकारी संस्थाकर्मी, बुद्धिजिवीहरु मनवअधिकार रक्षकको रुपमा क्रियाशिल छन् । नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ लगायतका संघ संस्थाहरुसँग समन्वय गरेर सम्मेलन गरिने आयोगले जनाएको छ ।

कार्यक्रममा कानुन ब्यवसायी चिरञ्जिबी शर्माले नागरिकमा कानुनी ज्ञानको कमीले न्यायको लागि पहल गर्ने भन्दा पनि पिडा र अन्याय सहेर बस्ने दुःखद अवस्था रहेको बताउनुभयो । पारदर्शीता, सूचनाको हक र समावेशिताको अवधारणा अनुसारको मानवअधिकार आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले जिम्मेवार पदमा रहेकाहरुमा जवाफदेहिताको कमी मानवअधिकारको चुनौति भएको बताउनुभयो । नेपाल मानवअधिकार संगठन म्याग्दीका अध्यक्ष कोमलप्रसाद उपाध्यायको अध्यक्षता र सदस्य बोधहरी सुबेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...