पुर्बाधार बिकास कार्यालय म्याग्दीका प्रमुख अर्याल पुरस्कृत

Gandaki Pardesh notice

बेनी । पुर्बाधार बिकास कार्यालय म्याग्दीका प्रमुख सन्तोष अर्याल प्रदेश सरकारबाट पुरस्कृत हुनुभएको छ ।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले पुरस्कृत हुने उत्कृष्ट कार्यालय र कर्मचारी छनोट गरेको हो । सातौ तहका इञ्जिनियर अर्याल प्रोत्साहन पुरस्कारका लागि छनौट हुनुभएको हो ।

उहाँलाई म्याग्दीमा रहेका प्रदेश सरकार मातहतका कार्यालयका कर्मचारी मध्यबाट उत्कृष्ट कर्मचारीको रुपमा छनौट गरिएको हो । दुई बर्षदेखि म्याग्दीमा कार्यरत अर्यालले नयाँ आर्थिक बर्षदेखि कार्यालय प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अर्यालले ढिलासुस्तिले थलिएका कार्यालय मातहतका योजनाहरुलाई गुणस्तरीय बनाउन र तिब्रता दिन सक्रीयता देखाउनु भएको छ । कार्यालयले चालु आर्थिक बर्षका अधिकांश योजना कार्यान्वयन प्रक्रिया शुरु गरिसकेको छ ।

यसैगरी म्याग्दीको स्वास्थ्य कार्यालय गण्डकी प्रदेश सरकार मातहतका कार्यालयहरु मध्य उत्कृष्ट घोषित भएको छ । एक महिना अघि हरेक जिल्लामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट खटिएको टोलीले विभिन्न सुचकहरुको आधारमा कार्यालय, प्रमुख र कर्मचारीहरुको मुल्यांकलन गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...