महादेब माबिमा पुर्ब बिद्यार्थीको सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग स्थित महादेव माबिमा शुक्रबार पुर्ब बिद्यार्थीहरु मार्फत शैक्षिक, सूचना प्रबिधिका सामग्री र पोशाक सहयोग प्राप्त भएको छ ।

हाल जापानमा रहेका पुर्ब बिद्यार्थी पुर्णबहादुर गर्बुजाले रोटरी कल्ब जापानको समन्वय र सहकार्यमा रु. पाँच लाख मूल्य बराबरका सूचना प्रबिधीका सामग्री प्राप्त भएको छ ।

बि.स. २०६६ को तत्कालीन एलएलसी परिक्षामा महादेव माबिबाट सहभागी भएका पाँच जना बिद्यार्थीहरुले १ देखि १० सम्मका ११५ जना बिद्यर्थीहरुलाई एक÷एक जोडा जुत्ता, मोजा सहयोग गर्नुभएको प्रअ दुतबहादुर गर्बुजाले बताउनुभयो ।

Shreekrishna hardwear in news

बेगको दाजुभाई किराना पसलका सञ्चालक रमेश परियार, बेलायतमा रहेका रोशन फगामी, अस्टे«लीयाका भुपि गर्बुजा, दिपक फगामी (पोर्चुगल) र धनबहादुर तिलीजा (अमेरिका)ले जुत्ता मोजा पठाउनुभएको हो ।

Bhautik ministry notice about road

गाउँमै रहेका परियार र बिदेशमा रहेका अन्य चार जना पुर्ब बिद्यार्थीका अभिभावकहरुले जुत्ता मोजा बितरण गर्नुभएको थियो । यसैगरी जापानमा रहेका पुर्णबहादुरले पठाउनुभएको एक थान स्मोर्ट बोर्ड, दुई थान प्रोजेक्टर, दश थान सिसिटिभी क्यामेरा, हिलट्याङकी, प्रिन्टर, एलइडी मनीटर लगायतका सामग्री उहाँका अभिभावकले हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग दाताका अभिभावक र परिवारका सदस्यलाई बिद्यालयले सम्मान गरेको थियो । प्राप्त सामग्रीले बिद्यालयको पठनपाठन सहज, सिकाई उपलब्धी र शैक्षिक उपलब्ध बढाउन सहयोग पुग्ने प्रअ गर्बुजाले बताउनुभयो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरसिंहबहादुर पुनको अध्यक्षता, कार्यवाहक वडा अध्यक्ष बिष्णु पुनको प्रमुख आतिथ्यता, बेगखोला युवा जागरणका अध्यक्ष किरन पुर्जाको बिशिष्ट आतिथ्यता, शिक्षक उमेश मल्लको सञ्चालन र कमल गर्बुजाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा २०७८ को अर्धबार्षिक परिक्षाको नतिजा प्रकाशन र पुरस्कार बितरण गरिएको थियो । प्रअ गर्बुजाले गत आर्थिक बर्षको आय ब्यय बिबरण सार्वजनिक गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...