म्याग्दीमा छैटौ निर्बाचन दिवस मनाइयो

Add Samajik bikash office

बेनी । “निर्वाचनमा ः सबै, सँधै, सँगै” भन्ने मुल नाराका साथ शुक्रबार म्याग्दीमा पनि छैटौ निर्बाचन दिवस मनाइएको छ ।

जिल्ला निर्बाचन कार्यालय म्याग्दीले निर्वाचन संचालन तथा ब्यवस्थापनमा सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो ।

कार्यक्रममा सहभागीहरुले प्रवासमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने, मतदाता नामावली अद्यावधिकलाई ब्यवस्थित बनाउन, बिद्युतीय मतदानको ब्यवस्था मिलाउन सुझाव दिनुभएको थियो ।

Shreekrishna hardwear in news

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले निर्बाचनलाई सुरक्षित, मर्यादित र निष्पक्ष बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

Bhautik ministry notice about road

जिल्ला अदालत म्याग्दीका न्यायाधिश तेजनारायण पौडेलले प्रवासमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार दिने कानुनी ब्यवस्था मिलाउन आवश्यक देखिएको बताउनुभयो ।

नयाँ मतदाता दर्तासँगै मृत्यु भएका, बसाईसराई गरेका र बिवाह गरेर अन्यत्र गएकाहरुको नाम अद्यावधिक गर्न निर्बाचन आयोगले पञ्चिकरण बिभाग लगायतका निकायसँग समन्वय गर्नुपर्ने प्रजिअ चिरञ्जिवी रानाले बताउनुभयो ।

नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुबेदी, नेपाली काँग्रेसका जिल्ला उपसभापति केबी भण्डारी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, राप्रपाका जिल्ला अध्यक्ष बिरबहादुर थापा क्षेत्री लगायतले बिद्युतीय मतदानको अभ्यास गर्नुपर्ने बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले चुनावलाई स्वच्छता, निष्पक्षता र विश्वसनीय बनाउन सरोकारवालाहरुको साथ र सहयोगको अपेक्षा गर्नुभयो । म्याग्दीमा हालसम्म ७९ हजार पाँच सय जनाले तस्बिर सहितको मतदाता नामावली दर्ता गराएका उहाँले बताउनुभयो ।

बि.स. २०७४ को चुनावमा ७० हजार मतदाता थिए । गत मंसिर महिनायता करिब नौ हजार जना मतदाता थपिएका छन् । दर्ता भएका मतदाताहरुको नामावली रुजु र अद्यावधिक गरेर आयागी निर्बाचनका लागि योग्य मतदाता पहिचानका लागि आयोगमा पठाइएको कार्यालयका सुचना अधिकारी चित्रनाथ शर्माले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...