बेनी, मंगला, मालिका र धवलागिरीमा शनिबार बिद्युत आपुर्ति बन्द हुने

Add Samajik bikash office

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार आसपासका क्षेत्र सहित मंगला, मालिका र धवलागिरी गाउँपालिकामा शनिबार दिउँसो बिद्युत आपुर्ति बन्द हुने भएको छ ।

नेपाल बिद्युत प्राधिकरणको म्याग्दी बितरण केन्द्रले सार्वजनिक सूचना जारी गरेर शनिबार बिहान १० देखि दिउँसो ४ बजेसम्म मर्मतका लागि उक्त क्षेत्रमा बिद्युत आपुर्ति बन्द गर्न लागिएको जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बेनी अस्पतालचोक देखि डम्मरासम्म ११ केभी र बेनी तथा सिंगा तातोपानी फिडरहरुमा डिओ उपकरण जडान, मर्मत र लाइनको छेउछाउका रुखका हाँगा काट्नको लागि बिद्युत आपुर्ति बन्द गर्नुपरेको बताउनुभयो ।

पर्वतको लामाखेत, पर्वत बेनी, बौर, म्याग्दी बेनीबजार, खबरा, अर्थुङ्गे, पुलाचौर, मंगलाघाट, डम्मरा, चुत्रेनी, सिंगा तातोपानी, भकिम्ली, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा बिद्युत अवरुद्ध हुने झाले बताउनुभयो ।

मर्मत सकिनेबित्तिकै बिद्युत आपुर्ति सूचारु गरिने केन्द्रले जनाएको छ । हावाहुरीका कारण लाइनमा क्षति पुगेर बिद्युत अवरुद्ध र दुर्घटना न्युनीकरणका लागि जोखिमयुक्त क्षेत्र पहिचान गरि ब्रुस कटिङ गर्न लागिएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...