बेनीमा एकतर्फी यातायात सञ्चालनको नियम कार्यान्वयनमा बिवाद चर्कियो

Add Samajik bikash office

बेनी, दुर्घटना न्युनीकरण, यातायात ब्यवस्थापन र आवत जावतलाई सहज बनाउन म्याग्दीको सदरमुकाम बेनी बजारमा एकतर्फी यातायात सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा बिवाद देखिएको छ ।

म्याग्दी उद्योग बाणिज्य संघ र टोल सुधार समितिले एकतर्फी यातायातको नियम पूर्ण रुपमा हटाउन वडा र नगरपालिकाका जनप्रतिनिधी मार्फत दवाब दिएका छन् । प्रशासन, प्रहरी र ट्राफिक प्रहरी कार्यालय दुर्घटना न्युनीकरण र यातायात ब्यवस्थापनमा प्रभावकारी बनेको एकतर्फी यातायात सञ्चालनलाई निरन्तरता दिनुपर्ने अडानमा छन् ।

Shreekrishna hardwear in news

गत मंसिर १४ गते नगरपालिका, प्रशासन, प्रहरी र उद्योग वाणिज्य संघको बैठकले सवारी साधनको बढदो चाप संगै बेनी बजार भित्र हुने जाम हटाउने र आवतजावतलाई व्यवस्थित बनाई दुर्घटना न्युनीकरणका लागि एकतर्फि यातायात सञ्चालन गर्ने निर्णय गरेका थिए ।

फागुन २ गते बेनी नगरपालिकामा बसेको टोल सुधार समिति र उद्योग बाणिज्य संघ सहितको बैठकले पुष १ गतेदेखि परिक्षणका लागि गरिएको एकतर्फी यातायातका कारण ब्यवसायमा गम्भिर असर परेको र थप असुबिधा भएकोले दुईतर्फी यातायात सञ्चालन गर्ने आशयको निर्णय गरेको छ ।

“दुईतर्फी यातायात सञ्चालनको बिषयमा आवश्यकता अनुसार उद्योग बाणिज्य संघको नेतृत्वमा टोल सुधार समितिबीच ब्यापक छलफल गरी बजार ब्यवस्थापनका बिषयमा थप सुधारका उपायहरु सहित सिफारिश गर्ने र नगरपालिकासँगको समन्वय र सहकार्यमा कार्यान्वयन गर्ने गराउने निर्णय” भएको छ ।

Bhautik ministry notice about road

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले सिमित ब्यक्तिहरुको स्वार्थ र दवावमा एकतर्फी यातायातको नियमलाई असफल बनाउन चलखेल भएको भन्दै असन्तुष्टि जनाउनुभयो । “सुरक्षा र यातायात ब्यवस्थापनको जिम्मेवारी प्रहरीको हो,” उहाँले भन्नुभयो “एकतर्फी यातायात सञ्चालनका क्रममा देखिएका समस्याहरुलाई समाधानका लागि नियम परिमार्जन गर्न सकिन्छ । तर हटाउनु हुदैन ।”

जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख इन्द्र नेपाली एकतर्फी यातायात हटाउने बिषयमा असहमति जनाउँदै बैठकबाट बाहिरीनुभएको थियो । एकतर्फी यातायात संचालनमा आएपछि सवारी साधनको बढ्दो चापसँगै साँघुरो सडकका कारण बजारभित्र हुने जाम हटेको, यातायात आवतजावतमा सहज, सुरक्षित र दुर्घटना न्यूनीकरण भएकोले यथावत राख्नुपर्ने प्रनाउ राई र ट्राफिक प्रहरी प्रमुख नेपालीको अडान छ ।

बेनी बजारभित्र सञ्चालन हुने सवारी साधनले क्याम्पसचोकदेखि गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक, जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, हुलाकचोक, न्युरोड हुँदै पुनः क्याम्पसचोक पुग्ने सडक प्रयोग गर्नेगरी एकतर्फी यातायात सञ्चालन गरिएको थियो । साँघुरो सडकमा दोहोरो सवारी आवतजावत गर्दा जाम र दुर्घटना हुने समस्या न्यूनीकरणका लागि एकतर्फी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो ।

एकतर्फी यातायात सञ्चालनमा आएपछि दुर्घटना न्युनिकरण कम हुनुका साथै सवारी आवतजावत र पैदलयात्रुलाई सहज भएको छ । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले अतिक्रमण हटाउन ब्यापारीले सहयोग गर्ने, जिप र मोटरसाइकललाई दुईतर्फी चलाउन प्रस्ताब गरिएको बताउनुभयो ।

“ब्यापारी र सुरक्षा निकायलाई सहज हुने गरी बिकल्प खोज्ने बिषयमा छलफल भैरहेको छ,” उहाँले भन्नुभयो “ठुला गाडीलाई एकतर्फि र सानालाई दुईतर्फी चल्न दिने हो भने ब्यवसायीलाई पनि मर्का नपर्ने र यातायात ब्यवस्थापन पनि सहज हुने देखिन्छ ।”

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...