अनेमसंघ बेनी नगरको नयाँ नेतृत्व

Gandaki Ghumau

बेनी । मिना राम्जाली मगरको अध्यक्षतामा बिहिबार अखिल नेपाल महिला (अनेम) संघ बेनी नगर कमिटिको नयाँ नेतृत्व चयन भएको छ ।

हाँडेभिर स्थित एमालेको पार्टी कार्यालयमा बिहिबार भएको संघको भेलाबाट राम्जालीको अध्यक्षतामा चयन भएको ४९ सदस्यीय नगर कमिटिको उपाध्यक्षमा बिष्णु गुरुङ, सचिवमा उषा किसान, उपसचिवमा सिता घिमिरे र कोषाध्यक्षमा साधनाकुमारी श्रेष्ठ चयन हुनुभएको छ । एमालेका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य नरदेवि पुनले आगामी स्थानीय तह निर्बाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।

Gunasthariya Shiksya

नेकपा एमाले म्याग्दीका जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरज केसी, उपसचिव एवं अनेमसंघका जिल्ला अध्यक्ष थमसरा पुन, बेनी नगर कमिटि अध्यक्ष नारायण जिसीले टोल टोलमा संगठन बिस्तारलाई तिव्रता दिन र चुनाव लक्षित प्रशिक्षण लगाएतका कार्यक्रमलाई थप प्रभावकारी बनाउनमा जोड दिनुभयो ।

Shreekrishna
Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...