शैक्षिक कार्यक्रम बिस्तारमा म्याग्दी क्याम्पस

Add Samajik bikash office

सजिना खड्का
बेनी, । गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए) प्रमाणपत्र पाएको म्याग्दी बहुमुखी क्यामपसले शैक्षिक कार्यक्रम बिस्तारमा जोड दिएको छ ।

शिक्षा र मानबिकी संकायमा स्नातकोत्तर तहको पठनपाठन शुरु गर्ने तयारी गरेको क्याम्पसमा गठन भएको सूचना र प्रबिधी इकाईले बिहिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको हो । सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले शैक्षिक कार्यक्रम थप गर्न त्रिभुवन बिश्व बिद्यालयले मागेको सूचना अनुसार आवेदन पेश गरिएको जानकारी दिनुभयो ।

“सेमेस्टर प्रणाली अन्तरगत यस बर्षदेखि स्नातक तहमा बिआइसिटीई र शिक्षा शास्त्र संकायमा बिज्ञान बिषयको पठनपाठन शुरु भइसकेको छ,” उहाँले भन्नुभयो “क्युएएको पाँच बर्षे अवधिका लागि मध्यकालिन मूल्याङ्कन हुदैछ् ।” बि.स. २०७६ मा बिश्व बिद्यालय अनुदान आयोगबाट क्युएए प्रमाणपत्र पाएको धौलागिरी क्षेत्रकै पहिलो म्याग्दी क्याम्पस समुदाय स्तरबाट सञ्चालन भएको हो ।

Shreekrishna hardwear in news

बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी क्याम्पसमा हाल ब्यवस्थापन संकायमा दश जोड दुई, स्नातक र स्नाकोत्तर, शिक्षा र मानबिकी संकायमा स्नातक तहसम्मको पठनपाठन हुन्छ । एक हजार ३५० जना बिद्यार्थी अध्ययनरत रहेका सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

क्युएए प्रमाणपत्र पाएपछि बिद्यार्थीको आकर्षण र उतिर्णदर बढेको उहाँले बताउनुभयो । म्याग्दी क्याम्पसमा कार्यक्रम थपिएसँगै दक्ष र योग्य जनशक्ति उत्पादन, उच्च शिक्षाका लागि अध्ययन गर्न जिल्ला बाहिर जानुपर्ने समस्या घटेको र रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुगेको छ ।

गत पुषमा चयन भएको नयाँ सञ्चालक समितिले कक्षा कोठामा डिजिटल बोर्ड स्थापनाका लागि प्रदेश सरकार र २५ कोठे भवन बनाउन बिश्व बिद्यालय अनुदान आयोगमा प्रस्ताव पेश गरेको उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ (दिपु)ले बताउनुभयो ।

सञ्चालन र ब्यवस्थापनलाई थप प्रभावकारी बनाउन बिभिन्न उपसमितिहरुको गठन तथा तिनिहरुको काम, कर्तब्य र अधिकार कार्यबिधि बनाएर सुनिश्चित गरिएको छ । क्याम्पसमा बौद्धिक क्लबको स्थापना गरी बिषेश घटनात्रम, परिवेश र बिदाको दिनमा छलफल र अन्तरक्रीया गर्न थालिएको छ ।

तीन वटा आन्तरिक परिक्षाबाट बिद्यार्थीहरुको नियमित मुल्याङ्कन गरिने क्याम्पसमा छात्रावास र कक्षा ११, १२ र बार्षिक प्रणालीका स्नातक तहमा कूल बिद्यार्थीको दश प्रतिशतलाई छात्रवृत्तिको ब्यवस्था गरिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...