बेनी अस्पतालका पदाधीकारीको पदस्थापना

Gandaki Pardesh notice

बेनी । बेनी अस्पताल ब्यवस्थापन समितिका नवनियुक्त पदाधीहरुले आइतबार पदभार ग्रहण गर्नुभएको छ ।

अस्पतालमा आयोजित कार्यक्रममा नवनियुक्त समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदी लगायत पदाधीकारीहरुको स्वागत र निबर्तमान अध्यक्ष बेलबहादुर कटुवाल लगायतका पदाधीकारीहरुको बिदाई गरिएको थियो ।

गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत हप्ता बेनी नगरपालिका–६ का सुबेदीलाई समितिको अध्यक्षमा नियुक्त गरेको थियो । यसैगरी दुर्गाराम सुबेदी, अम्बिका ढुङ्गाना, किसान बिक, दुर्गाराम सुबेदी, संगिता श्रेष्ठ सदस्यमा मनोनित हुनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अस्पतालका प्रमुख चिकित्सक सदस्य सचिब रहने समितिमा बेनी नगरपालिकाका प्रमुख, म्याग्दी उद्योग बाणिज्य संघका प्रतिनिधी पदेन सदस्य रहने ब्यवस्था छ । नवनियुक्त अध्यक्ष सुबेदीले अस्पतालको सेवामा थप सुधारका लागि प्राथमिकता दिने र प्रभावकारी बनाउन साथ तथा सहयोगको अपेक्षा गर्नुभयो ।

निबर्तमान अध्यक्ष कटुवालले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । अस्पतालका प्रमुख चिकित्सक डाक्टर जितेन्द्र कडेलको अध्यक्षता र सूचना अधिकारी प्रकाश सुबेदीको सञ्चालनमा स्वागत तथा बिदाई कार्यक्रम गरिएको अस्पतालले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...