दरखोला दोस्रो लघुजलबिद्युत परियोजना पुननिर्माण

Gandaki Pardesh notice

बेनी । पाँच महिनाअघिको बाढीले क्षतिग्रस्त बनेको म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ स्थित दरखोला दोस्रो लघुजलबिद्युत परियोजना पुननिर्माण भएको छ ।

भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित केन्द्रिय प्रशारण लाइनको बिद्युत र सडक यातायात नपुगेको लुलाङको दरखोलामा गत भदौ २० गते दरखोलामा आएको बाढीले बिद्युत गृह, बाँध र नहर बगाएपछि ४३ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो ।

गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाको रु. २२ लाख सहयोगमा परियोजना मर्मत भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले बताउनुभयो । “गत पुष महिनादेखि शुरु भएको लघुजलबिद्युत परियोजना मर्मत गरेर आइतबार परिक्षण बिद्युत उत्पादन सफल भयो,” उहाँले भन्नुभयो “केही दिनमै नियमित बिद्युत आपुर्ति हुन्छ ।”

Shreekrishna hardwear in news

परियोजना मर्मतका लागि म्याग्दी क्षेत्र (ख)बाट निर्बाचित गण्डकी प्रदेशसभा सदस्य नरदेबी पुनको सिफारिसमा पुर्बाधार बिकास कार्यक्रमको रु. १२ लाख र धवलागिरी गाउँपालिकाले रु. दश लाख बिनियोजन गरेको वडा अध्यक्ष गमप्रसाद बिकले बताउनुभयो ।

Bhautik ministry notice about road

परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेट लगायतका उपकरणहरु परिवर्तन भएको छ । मुहानमा २५ मिटर कुलो निर्माण र मर्मत गरिएको छ । विद्युतगृहको नयाँ भवन निर्माण भएको छ । नहर र बिद्युतगृहको उचाईसँगै उत्पादन क्षमता घटेर ३५ किलोवाटमा झरेको छ ।

खोलाको किनारदेखि केहि माथि सुरक्षित ठाउँमा विद्युतगृह निर्माण भएको कारण परियोजनाको उत्पादन समेत घटेर ३५ किलोवाटमा सिमित भएको समितिले जनाएको छ । सो परियोजनाबाट उत्पादीत बिद्युत लुलाङ, लमसुङ, मरेनी र खोरियाका ३५४ घरधुरीले उपभोग गर्दै आएका छन् ।

परियोजना बन्द हुँदा घरायसी काम, बिद्यार्थीको पठनपाठन, मोवाईल चार्ज, रेडियो सुन्न र टेलिभिजन हेर्न समस्या भएको थियो । परियोजना सञ्चालन भएपछि कुटानी पिसानी गर्ने मिल, फर्निचर उद्योग र मासुपसल लगायतका घरेलु उद्योगहरुलाई सहज भएको स्थानीय भक्त सिंकीजाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष थमसरा पुनले परिक्षण उत्पादन सफल भएको र स्थानीय उपभोक्ताहरुको बैठक बसेर नियमित रुपमा विद्युत सेवा सुचारु गरिने बताउनुभयो । ‘‘दुर्गम बस्ति बिद्युत सुबिधाबाट बञ्चित हुँदा सास्ती भएको थियो,” उहाँले भन्नुभयो “बिद्युतको समस्यालाई गम्भिरताका साथ लिएर समाधानमा जुटेपछि स्थानीयबासीलाई अन्धारमै बसिरहनुपर्ने बाध्यता हटेको छ ।’’

बाढीले बगाएर क्षतिग्रस्त बनेको परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेट लगायतका मेसिन उपकरणहरु नयाँ फेरिएको छ भने मुहानमा २५ मिटर कुलो निर्माण र मर्मतको काम गरिएको छ । त्यसैगरि विद्युतगृह भवन नयाँ निर्माण गरिएको छ ।

बि.स. २०७६ मा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको रु ८५ लाख ९७ हजार, गाउँपालिकाको रु. ५० लाख, रु. ३३ लाख बराबरको श्रमदान र रु. पाँच लाख तीन हजार चन्दा सहयोगमा परियोजना निर्माण भएको थियो । जुगेपानीको पहिरोले नहर र बिद्युतगृहमा क्षत्ति पुगेपछि परियोजना स्थानान्तरण गरिएको वडा अध्यक्ष बिकले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...