बेनी बजारको यातायातलाई ब्यवस्थित बनाउन पहल

Gandaki Pardesh notice

बेनी । बेनी बजारभित्र सवारीको चाप घटाउन, जाम हटाउन र दुर्घटना न्युनीकरणका लागि बैकल्पिक सडक सञ्चालन भएको छ ।

बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको खालीभागमा सडक बनाएर यातायातका साधन सञ्चालन गर्न थालिएको हो ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले साँघुरो सडक भएको बजारभित्र सवारी ब्यवस्थापन गर्न बैकल्पिक सडक, बहुउद्देश्यीय मैदानमा बसपार्क, एकतर्फी सवारी सञ्चालन गराइएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“पोखरा र पर्वत हुदै बेनी आएका म्याग्दीको पश्चिमी क्षेत्रमा जाने तथा बागलुङ र म्याग्दी भेगबाट बेनी हुदै मुस्ताङ र पर्वततर्फ जाने मालवाहक सवारी साधनलाई कालीगण्डकी र म्याग्दी नदीको किनारमा बनाइएको सडकबाट गन्तब्यतर्फ जाने ब्यवस्था मिलाएका छौ,” उहाँले भन्नुभयो “बजारभित्र लोड, अनलोड गर्ने बाहेक ट्रक, ट्याक्टर बैकल्पिक सडकबाट पठाउँदा ब्यवस्थापन गर्न सहज भएको छ ।”

नदी किनारमा निर्माण भएको तटबन्धलाई असर नपुग्ने गरी ढुङ्गा र माटोले फिलिङ गरेर म्याग्दी प्रवेशद्धार कालीपुलदेखि कालीगण्डकी र म्याग्दी नदीको दोभान हुदै दरबाङ बसपार्क जोड्ने करिब एक किलोमिटर दुरिको बैकल्पिक सडक सञ्चालन भएको छ ।

Bhautik ministry notice about road

बहुउद्देश्यीय मैदानमा नगरपालिकाले रु. बीस लाख बढी खर्चेर पुर्बाधार बनाएर बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरंजा, बेनी–बागलुङ लगायत म्याग्दीको पश्चिमी क्षेत्रमा चल्ने बस, जिप र ट्याक्सी पार्किङ गर्ने ब्यवस्था मिलाइएको छ ।

सो बसपार्कमा १०० वटा सवारी साधन पार्किङ गर्ने क्षमता छ । नयाँ बसपार्क सञ्चालन भएपछि सडकमै यात्रुबाहक सवारी साधन पार्किङ गर्नुपर्ने समस्या हटेको बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

एकतर्फी पाकिङ र यातायात सञ्चालन पनि बेनी बजारको यातायात ब्यवस्थापनका लागि भएको अर्को पहल हो । गत पुष १ गतदेखि एकतर्फी यातायात सञ्चालन भएपछि बेनी बजारभित्र दुर्घटना घटेको र जामको समस्या हटेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बताउनुभयो ।

बेनी बजार भित्र सञ्चालन हुने सवारी साधनहरुले क्याम्पसचोक देखि गणेशटोल, संगमचोक, बालमन्दिरचोक, जिल्ला प्रशासन कार्यालय अगाडीको चोक, हुलाकचोक, न्युरोड हुदै पुन ः क्याम्पसचोक पुग्ने गरी सडक प्रयोग गर्नुपर्ने नियम बनाइएको छ ।

बैकल्पिक सडकको धुलो र हिलोको समस्या हटाउन ग्राभेल गर्न लागिएको बेनपा–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो । गत पुष २८ गते भएको नगरसभाले दरबाङ बसपार्कमा नाली निर्माण र बैकल्पिक सडक ग्राभेल गर्न दुई वटा शिर्षकमा रु. १६ लाख बिनियोजन गरेको थियो । यसअघि कालीपुल देखि गणेशटोल हुदै बेनी बजार छिर्ने र बाहिरिने बैकल्पिक सडक पनि बनाइएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...