सिंगामा माओवादीको वडा कार्यालय स्थापना

Sinchai Khanipani notice

बेनी । बेनी नगरपालिका–४ सिंगामा शनिबार नेकपा (माओवादी केन्द्र) को वडा कार्यालय स्थापना भएको छ ।

२७ औँ जनयुद्ध दिवसको अवसरमा वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणका साथै वडा समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) म्याग्दीका इन्चार्ज गोविन्द पौडेलले माओवादी जनयुद्धको जगबाट नेपालमा संघीय गणतन्त्र र नयाँ संविधान सम्भव भएको बताउनुभयो । उहाँले जनयुद्धमा ज्यान गुमाएका सहिद, वेपत्ता, घाईते, अपागता भएका व्यक्तिहरुको रगत र पसिनाबाट आएको उपलब्धीको रक्षाका लागि आगामी स्थानीय तहको निर्वाचनमा माओवादीलाई विजयी गराउने अभियानमा केन्द्रीत हुन वडा समितिका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले स्थानीय तहमा एमाले र काँग्रेसका जनप्रतिनिधिहरुले यो व्यवस्थालाई नै वदनाम गर्ने खतरा बढाएको बताउँदै माओवादीको एजेण्डालाई प्रभाबकारी कार्यान्वयनका लागि स्थानीय तहमा माओवादीकै नेतृत्व स्थापित हुन जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले माओवादी जनयुद्ध र माओवादीको पहलमा प्राप्त उपलब्धीहरुहरुको बारेमा जनताको घरघरमा पुगेर सुसुचित गराउनुपर्ने भन्दै नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर परिचालन हुन आग्रह गर्नुभयो ।

Bhautik ministry notice about road

कार्यक्रममा पार्टीको बेनी नगरपालिकाका इन्चार्ज तथा गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले म्याग्दी नदी कटानको जोखिममा परेको तातोपानीको बजार संरक्षणमा गण्डकी प्रदेश सरकार र संघीय सकारको उर्जा र अर्थ मन्त्रालयबाट आवश्यक बजेट विनियोजनका लागि पहल गरिएको बताउनुभयो ।

कार्यक्रममा दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य टेकबहादुर विश्वकर्माले माओवादीको जोडबलमा नयाँ संविधानको प्रस्ताबनामा दलित समुदायको हक, हित र अधिकार सुनिश्चित भएकोे बताउँदै दलित, महिला, जनजाति, अल्पसंख्यक, पछाडी परेका समुदायको उत्थान र सशक्तिकरणमा माओवादीले जति योगदान कुनैपनि दलले नगरेको बताउनुभयो ।
कार्यक्रममा मोर्चाका म्याग्दी इन्चार्ज पदम किसान, पार्टीका गण्डकी प्रदेश समिति सदस्य ज्योति लामिछाने, बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसी, वाईसिएल केन्द्रीय सदस्य नगेन्द्र केसी, जिल्ला संयोजक सन्दिप खत्री लगायतले मन्तव्य राख्नुभएको थियो ।

वडा कमिटिका अध्यक्ष केन खत्री (सन्दिप)को अध्यक्षता, उपाध्यक्ष विरेन्द्रमान शाक्यको स्वागत र सचिब तेजबहादुर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त अवसरमा वाईसिएलको वडा कमिटि अध्यक्षमा दिपक खत्रीलाई चयन गरिएको छ भने अम्मर किसानको अध्यक्षतामा दलित मुक्ति मोर्चा समेत गठन गरिएको छ । कार्यक्रममा पार्टीमा रहेर महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...