बिद्युतीय राहदानीका लागि जिल्ला प्रशासनमा आवेदन दर्ता शुरु

Gandaki Kotihome

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिद्युतीय राहदानीका लागि आवेदन संकलन शुरु भएको छ ।

उपकरण ब्यवस्था र कर्मचारीलाई तालिम दिएपछि बुधबारदेखि बिद्युतीय राहदानी (ई–पासपोर्ट)को आवेदन संकलन शुरु गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बिद्युतीय राहदानी बितरण गर्न आवेदन संकलन गर्न थालिएको जानकारी दिनुभयो ।

“सो सेवाका लागि राहदानी बिभागले केहीदिन अघि उपकरण पठाएको थियो,” उहाँले भन्नुभयो “प्रशासनमा अनलाइनमा आवेदन बिबरण भरेर बिभागमा पठाएपछि एक देखि डेढ महिनामा चिप्स सहितको बिद्युतीय राहदानी आउछ ।”

Upper Myagdi transmition line notice

बिद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र पनि बनाउनुपर्ने प्रशासनले जनाएको छ । सामान्य हिसाबले राहदानी लिन रु. पाँच हजार शूल्क तिर्नुपर्छ । तीन दिनमा राहदानी लिनका लागि रु. दश हजार, दुई दिनमा लिन रु. १२ हजार र एक दिनमा राहदानी लिन रु. पन्ध्र हजार तिर्नुपर्छ ।

Annapurna aarohan ko notice

वैदेशिक यात्राका लागि यसअघि मेशीन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग हुँदै आएकोमा २०७८ मंसिर १ गतेदेखि सरकारले विद्युतीय राहदानी कार्यान्वयनमा ल्याएको थियो । अब राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुने बताइएको छ ।

एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित भएको प्रशासनको भनाई छ । बाँकी प्रक्रिया सबै पुरानै भए पनि विद्युतीय राहदानी लिनका लागि सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरिएको छ । राष्ट्रिय परिचयपत्र बिबरण बिद्युतीय राहदानीमा हेर्न सकिनेछ् ।

तत्काललाई विदेशमा भएका कारण राष्ट्रिय परिचयपत्र बनाउन नसक्ने व्यक्तिको हकमा भने एमआरपीलाई नै आधार मानिएको छ । एमआरपी भएका व्यक्तिले हाल विद्युतीय राहदानी लिन आवश्यक छैन् ।

समयावधि रहेसम्म उनीहरूले एमआरपीकै प्रयोग गर्न पाउने र नयाँ बनाउँदा विद्युतीयमा जानुपर्ने भएको हो । बिद्युतीय राहदानी बितरण थालिएपछि म्याग्दीमा प्रशासनले २०७८ मंसिरदेखि मेसिन रिडेबल राहदानीको फारम संकलन रोकेको थियो ।

चालु आर्थिक बर्षको साउन देखि पुष महिनासम्म म्याग्दीमा ६७८ वटा राहदानी बितरण भएको थियो । गत आर्थिक वर्षमा एक हजार ९११ वटा राहदानी बितरण गरेको प्रशासनले रु. एक करोड नौ लाख २५ हजार राजस्व संकलन गरेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...