टोड्केमा खेलमैदान निर्माण शुरु

Gandaki Kotihome

बेनी । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण शुरु भएको छ ।

समुन्द्रि सतहदेखि दुई हजार दुई सय मिटरको उचाईमा रहेको टोड्केमा रघुगंगा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो । उच्च स्थानको भूगोलमा खेलकुद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा खेल पर्यटनको बिकास गर्ने उद्देश्यले खेलमैदान बनाउन लागिएको रघुगंगा गाउँपालिका–५ का अध्यक्ष मनबहादुर शेरपुञ्जाले बताउनुभयो ।

“गत कात्तिकमा सम्झौता गरेका ठेकेदारले खेलमैदान बनाउन एक्साभेटर परिचालन गरेर जग्गा ब्यवस्थापन थालेका छन्,” उहाँले भन्नुभयो “थप पुर्बाधार निर्माण शुरु गर्न ताकेता र समन्वय गरेका छौ ।”

Upper Myagdi transmition line notice

टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन बेनपा–१ को मनिषा निर्माण सेवासँग रु. २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो । खेलमैदान निर्माण गर्न रु. ५१ लख २० हजार ८८० लागत अनुमान गरिएको थियो ।

ठेक्का मार्फत जग्गा सम्माउने, ग्याबियन पर्खाल निर्माण हुने भएको छ । क्रमागत योजनाको रुपमा आगामी बर्ष थप बजेट बिनियोजन गरेर खेलमैदान निर्माणलाई पुर्णता दिइने गाउँपालिकाले जनाएको छ ।

Annapurna aarohan ko notice

रघुगङ्गा, मङ्गला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हिमाल हेर्दैं खेलकुद प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्न मिल्ने गरी आधुनिक तथा ब्यवस्थित मैदान निर्माणको कार्य सुरू भएको हो ।

गुराँसको जंगलको बिचमा अवस्थित टोड्केबाट सुर्योदय, धवलागिरी, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्बत र बागलुङको पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । धवलागिरी सेञ्चुरी पदमार्गको प्रवेश बिन्दुमा पर्ने टोड्केमा स्वर्गद्धारी आश्रमको शाखा र शिब मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावना समेत छ ।
स्वर्गद्धारीको शाखा र शिब मन्दिरको जिर्णोद्धार गर्न बिस्तुत परियोजना प्रतिबेदन बनाएर पुरातत्व बिभागमा प्रस्ताब गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।
टोड्केमा पूर्बाधार बनाउन रघुगंगा गाउँपालिकाले खेलमैदान सहित चालु आर्थिक बर्षमा रु. एक करोड दुई लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान र सडक निर्माण शुरु गरेको छ ।

झिँ गाउँदेखि टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुसी होम बिल्डर्स प्रा.लीले भ्याट रकम सहित रु. ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कुल लागत अनुमान रु. एक करोड एक लाख गरिएको थियो ।

गाउँपालिकाका इञ्जिनियर सुदिप गौतमले उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुई वटा प्रतिक्षालय र दृष्य अवलोकन गर्ने स्थल सहितको उद्यान बनाउन लागिएको जानकारी दिनुभयो ।

यसैगरी रु. ३८ लाख ८० हजार लागत अनुमान गरिएको झिँ–टोड्के सडक निर्माणका लागि बेनीको सम्मान कन्ट्रक्सनसँग रु. २१ लाख ६३ हजार ३१ मा ठेक्का सम्झौता भएको छ । सडकलाई फराकिलो बनाउने, ग्रेड, घुम्ति सुधार तथा नाली बनाउने, ढुङ्गा बिछ्याएर सोलिङ गर्ने योजना छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...