यस्तो छ बेनी जोमसोम सडकको पछिल्लो टाइमकार्ड

Gandaki Pardesh notice

बेनी । बेनी–जोमसोम सडकको काभ्रेभिर खण्डमा दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बुधबार बसेको सुरक्षा समितिको बैठकले म्याग्दीको सिमानामा पर्ने काभ्रे भिरमा सडक बिस्तार गर्नका लागि यातायात बन्द गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले २०७८ फागुन १ गतेदेखि १५ गतेसम्म हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म काभ्रेभिरमा सडक बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“अक्करे पहाडको साँघुरो सडकलाई बिस्तार गर्न बिस्फोटक पदार्थको प्रयोग गरिएको छ,” योजना प्रमुख जगत प्रजापतिले भन्नुभयो “सडक निर्माणलाई गति दिन र दुर्घटनाको जोखिम भएकाले टाइमकार्ड (समयतालिका)को सिफारिस गरेका हौ ।”

Bhautik ministry notice about road

काभ्रेभिरसँगै ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक तीन ठाउँमा बन्द हुने भएको छ । मालढुङ्गा–बेनी खण्डमा पुष १० गतेदेखि करिब एक महिना दैनिक आठ घण्टा बन्द गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिका–७ महभिर र २ नौनिबगरमा माघ १० देखि २९ गतेसम्मका लागि बिहान ८ देखि ११ र दिउँसो १ देखि ४ बजेसम्म सडक बन्द गरिएको छ । सडक बन्द हुने समय भन्दा अघिनै सवारी साधन सो ठाउँ पार गरिसक्नु पर्नेछ ।

यात्रु र ढुवानीका साधनलाई असर नपर्ने गरी समयतालिका बनाएको मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले बताउनुभयो । सवारी रोकेर सडक बिस्तार गर्दा निर्माणले गति लिएको निर्माण ब्यवसायीले बताएका छन् । मुस्ताङका बासिन्दाका साथै त्यहाँ भ्रमण र तिर्थयात्राका लागि जाने आउने पर्यटक एवम् तिर्थयात्रीहरु समयतालिकाबाट प्रभाबित भएको गुनासो गरेका छन् ।


आर्थिक वर्ष २०७३÷०७४ मा बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भएको थियो । बेनी–जोमसोम ७६ किलोमिटर चार खण्ड र जोमसोम–कोरला ११० किलोमिटर सात खण्डमा काम भइरहेको छ । छ वटा खण्ड निर्माण सकिएको जोमसोम–कोरला खण्डको भौतिक प्रगति ८५ प्रतिशत छ ।

बेनी–जोमसोम खण्डको भौतिक प्रगति ६५ प्रतिशत छ । हाल कच्चि र साघुरो अवस्थाको सडकलाई ११ मिटर फराकिलो बनाएर म्याग्दी खण्डमा डिबिएसडी, घाँसा–जोमसोम खण्डमा आसपाल्ट कालोपत्रे र जोमसोम–कोरला खण्ड गा्रभेल गर्न आयोजना सञ्चालन भएको हो । यो सडकलाई समटे्ने भारत र चिन जोड्ने कालीगण्डकी कोरीडोरलाई सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...