कालीगण्डकीको मोटरेबल पुल जोखिममा

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित मोटर पुल कालीगण्डकी नदीको निरन्तर कटानले जोखिमपूर्ण बनेको छ । पुलको पिलर नै नदी कटानले जीर्ण भए पनि सरोकारवाला निकायले संरक्षणमा चासो देखाएका छैनन् ।

सडक विभागले २०६२ मा पर्वतको मल्लाज र म्याग्दी सदरमुकाम बेनी जोड्न कालीगण्डकी नदीमाथि ७२ मिटर लामो मोटरपुल निर्माण गरेको थियो । बर्खायाममा कालीगण्डकीले ल्याउने ठूला ढुंगाको चापले पुलको पिलर फुटेर जीर्ण भएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उक्त पुल म्याग्दी र मुस्ताङलाई प्रदेश राजधानी पोखरासमेत देशका अन्य भूगोलसँग सडकले जोड्ने मुख्य पुल हो । पुल निर्माण भएको १० वर्ष नपुग्दै नदीले पुलको पिलर भत्काएको छ । खोलाको बिचमा रहेका दुई वटा मध्य कालीपुल तर्फको पिल्लर खिइएको हो ।

फलामे पाताले बाँधेर संरक्षण गरिएकामा गत वर्ष फेरि नदीले क्षति पु¥याएको छ । म्याग्दी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उत्तम कर्माचार्यले कालीगण्डकी नदीमा जलसतह घटेको समयमै आवश्यक मर्मत, सम्भार नगरे आउँदो बर्खायाममा नदीले पिलरमा थप क्षति पु¥याउने जोखिम रहेको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...