रक्तक्यान्सरबाट थलिएका बालकको उपचारमा समस्या

Sinchai Khanipani notice

रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रक्तक्यान्सरबाट थलिएका १० बर्षीय बालकको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ ।

काठमाडौको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना भएका निश्चल बिश्वकर्माको उपचारमा आर्थिक अभाव भएको हो । पुष २० गते अस्पताल भर्ना भएका निश्चलको उपचारमा हालसम्म रु. छ लाख भन्दा बढी खर्च भइसकेको आमा चन्द्रकुमारी बिकले बताउनुभयो ।

Shreekrishna hardwear in news

“बोनम्यारो प्रत्यारोपण गर्दा आइसियुमा राख्नु प¥यो भने रु. २५ लाख देखि रु. ३० लाख र आइसीयुमा राख्न नपरे रु. २० देखि २५ लाख आवश्यक पर्ने डाक्टरले भन्नुभएको छ,” उहाँले भन्नुभयो “आफूसँग भएको, बिदेशबाट श्रीमानले पठाएको र आफन्तबाट ऋण गरेर रु. छ लाख खर्च गरिसके ।”

Bhautik ministry notice about road

थप उपचार र बोनम्यारो प्रत्यारोपण गर्ने खर्च जुटाउन नसकेर बिक परिवार समस्यामा परेका छन् । निश्चलका बुवा मदन रोजगारीको लागि कुबेतमा हुनुहुन्छ । बिक परिवार गाउँमा खेतीकिसानी र ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए ।

निश्चलको उपचारका लागि आर्थिक सहयोग जुटाउन रुमका उदयकुमार बुढाथोकी संयोजक र भुपेन्द्र नेपाली सहसंयोजक रहेको “निश्चल बचाउ अभियान” शुरु भएको छ । स्वदेश तथा बिदेशमा रहेका म्याग्देली, नेपाली र सहयोगी मनहरुलाई अपिल गरेका छन् ।

निश्चलकी आमा चन्द्रकुमारी बिकको नाममा मेघा बैंकमा १४२००५००१५४७९ नम्बरको खाता खोलिएको छ । सहयोगका लागि सम्पर्क न. ९८६०७१५१८६, ९८६०७१५१८६, ९८४६७७८८३३ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...