बिप्लप नेकपाका पुर्ब जिल्ला सेक्रेटरी जेलमुक्त

Sinchai Khanipani notice

बेनी । नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपा म्याग्दीका पुर्व जिल्ला सेक्रेटरी रेशम सापकोटा आइतबार जेलमुक्त हुनुभएको छ ।

बि.स. २०७६ मंसिरमा प्रतिबन्धित अवस्थामा बेनपा–२ स्थित घरबाटै पक्राउ परेका सापकोटा जिल्ला अदालत म्याग्दीको आदेशमा जेलमुक्त हुनुभएको हो । उहाँको साथबाट बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।

Bhautik ministry notice about road

सापकोटा बिरुद्ध ८ वटा मुद्दा लगाइएको थियो । एक वटा मुद्दामा रु. तीस हजार जरिवाना तिर्नुभएका सापकोटालाई दश महिना कैद सजाय तोकिएको थियो । उहाँ २६ महिना जेल बस्नुभएको छ ।

Shreekrishna hardwear in news

सात वटा मुद्दामा लगाइएको आरोप पुष्टि हुन नसकेपछि सापकोटाले सफाई पाउनुभएको नेकपाका नेताहरुले बताएका छन् । जेलमुक्त भएका सापकोटालाई नेकपाका नेता कार्यकर्ता र आफन्तहरुलाई बधाई दिदै खुसी साटेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...