कमेरेको अडितबाट दरबाङ–म्याग्दीखोलाको सुरुङ खन्न थालियो

Gandaki Ghumau

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६ मा दरबाङ म्याग्दीखोला जलबिद्युत आयोजनाको आइतबारदेखि सुरुङ खन्न शुरु भएको छ ।

प्रवासीको म्याग्देलीको अगुवाइमा धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको कमेरेमा अडिट नम्बर १ को सुरुङ खन्न थालिएको हो ।

आयोजनाका साइट इञ्जिनियर बालकुमार रोकामगरले नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सुरुङको अडिट (मुख्य सुरुङमा पुग्ने सहयाक सुरुङ) खन्न थालिएको जानकारी दिनुभयो ।

Shreekrishna

“कमेरेमा २५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिएपछि बाँध र पावर हाउस दुई तर्फ सुरुङ निर्माण शुरु हुन्छ,” उहाँले भन्नुभयो “छिट्टै इल्पु स्थित बाँध र तल्लो दुखुको आउटलेटबाट पनि सुरुङ खन्ने तयारी गरेका छौ ।” जलबिद्युत आयोजनामा सुरुङ निर्माणलाई मुख्य काम मानिन्छ ।

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, वडा अध्यक्षहरु क्रमश ः रेशम जुग्जाली, सन्तोष सुबेदी र टंकप्रसाद पुन, सुरक्षा अधिकारी र आयोजनाका प्राबिधिक कर्मचारीहरुको उपस्थितिमा आइतबार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सुरुङ निर्माण सुरुवात गर्नुभएको थियो ।

हङकङ, दक्षिण कोरीया, जापान, बेलायत, अमेरिका लगायतका देशमा रहेका प्रवासी, उद्योगी व्यवसायी र स्थानीयबासीको लगानीमा आयोजना निर्माण गर्न लागिएको धौलागिरि कालिका हाइड्रो लिमिटेडका अध्यक्ष बिनोद कुँवरले बताउनुभयो ।

“विदेशमा आर्जेको सीप, पुँजी र प्रविधि ल्याएर आयोजना बनाउन लागिएको हो” कुँवरले भन्नुभयो “अवसरको खोजीमा बाध्यतामा विदेशिए पनि आफ्नो ठाउँको विकासमा लगानी भित्र्याएर जलविद्युत आयोजना बनाउन लागेका हौं ।”

Gunasthariya Shiksya

गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाका पूर्वअध्यक्ष र म्याग्दी प्रवासी नेपाली संघका पूर्ववरिष्ठ उपाध्यक्ष कुँवरले यस आयोजनामा एनआरएनदेखि स्थानीयको लगानी रहेको बताउनुभयो ।

बि.स. २०७६ मंसिरमा तत्कालीन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले शिलन्यास गर्नुभएको आयोजना निर्माणको तयारी भइरहेका बेला कोरोना (भाइरस)को महामारी फैलिएपछि निर्माणले गति लिन सकेको थिएन् ।

बि.स. २०७७ को बाढी पहिरो र दोस्रो लहरको कोरोनाले पनि आयोजना निर्माणलाई प्रभाबित बनाएको थियो । पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प ब्यवस्थापन सकेर सुरुङको अडिट निर्माण शुरु गरेको हो ।

मालिका गाउँपालिका–७ बिम र धवलागिरी गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ । चारवटा अडिटबाट सुरुङ खनिने भएको छ ।

बाँध र आउटलेटसँगै तोलाबाङमा ६०० मिटर पहुँचमार्ग खनेर त्यहाँबाट पनि दुईतर्फ सुरुङ खन्ने तयारी छ । आयोजनाको दिगोपनाका लागि पूर्ण पक्की सुरुङ बनाइनेछ । दुखुबेसीमा रहने आउटलेटबाट १०० मिटर हेडबाट बालौटेमा निर्माण हुने पावरहाउसमा पानी खसालेर विद्युत उत्पादन गरिने भएको छ ।

आयोजना नजिकै बिमको डाडाँखेतमा सबस्टेसन निर्माण सुरु भएको छ । सानिमा बैंकको नेतृत्वमा प्रभु, कुमारी, सेञ्चुरी, मुक्तिनाथ, ओभ डेभलपमेन्ट र महालक्ष्मी विकास बैङ्कको रु. ३ अर्ब ५० करोड ऋण लगानी गर्ने सम्झौता भएको छ । प्रभावीत क्षेत्रका बासिन्दाहरुलाई पनि लगानीको अवसर दिइने प्रर्वद्धकले बताएका छन् ।

कुल रु. पाँच अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहने भएको छ । प्रभावित क्षेत्रका लगानीकर्ता र प्रवद्र्धकहरुबीचको विवादका कारण २०७१ फागुनमा विद्युत विकास विभागबाट जनेरेसन लाइसेन्स पाएको आयोजनाको काम सुरु हुन सकेको थिएन् । आगामी तीन बर्षभित्र बिद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...