हिमपातले म्याग्दीको लेकाली क्षेत्र र मुस्ताङमा यातायात प्रभाबित

Gandaki Pardesh notice

बेनी । हिमपातका कारण म्याग्दीको माथिल्लो लेकाली क्षेत्र र मुस्ताङ जिल्लामा यातायात सेवा प्रभाबित बनेको छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र सदरमुकाम जोमसोम देखि जिल्लाका पाँच वटै स्थानीय तह र वडाका केन्द्र जोड्ने सडक अबरुद्ध भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सडकमा हिउँ जमेपछि सवारी साधन आवत जावत हुन नसकेको बताउनुभयो । “आन्तरिक र बाहय यातायात सम्पर्क बिच्छेद भएको छ,” उहाँले भन्नुभयो “हिउँ पर्न रोकिएपछि एक्साभेटर परिचालन गरेर सडक खुलाउने योजना बनाएका छौ ।”

Shreekrishna hardwear in news

बेनी–जोमसोम सडकको लेते–जोमसोम खण्ड, जोमसोम–मुक्तिनाथ र कागबेनी–कोरला सडकमा यातायातका साधन चलेका छैनन् । स्थानीयबासी, तिर्थयात्री र पर्यटकहरु गन्तब्यमा पुग्न सकेका छैनन् । ढुवानी र बिकास आयोजनाको काम ठप्प भएको छ ।

बिहिबार दिउँसोदेखि शुरु भएको हिमपात शुक्रबार साँझसम्म रोकिएको छैन् । तीन फिट बाक्लो हिउँ जमेको छ । जोमसोम बिमानस्थलमा हिउँ जमेपछि पोखरा–जोमसोम हवाई उडान भएको छैन् । पहाड, बस्ती र डाडा सेताम्मे भएका छन् ।

Bhautik ministry notice about road

उपल्लो मुस्ताङको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ । खोला, धारा र कुवामा पानी जमेको छ । घरभित्रै बसेका सर्बसाधारणले हिउँ पगालेर पानी उपयोग गरेका छन् । चौरी, भेडा, च्याङग्रालाई सुख्खा घाँस खुवाएर गोठमा राखेका छन् । चरनमा लैजान सकेका छैनन् ।

मुस्ताङमा जारी यामको दोस्रो पटक हिमपात भएको हो । यसअघि गत पुष दोस्रो हप्ता हिमपात भएको थियो । हिमपातले स्याउ र हिउँदेबालीलाई फाइदा गरेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो ।

हिउँले जमिनको सतहलाई भित्री सतहसम्म सिंचाई गर्ने, अन्नबाली सप्रिनुको साथै फलफूल, अन्नबाली र तरकारी फलफूल फल्न र फूल फुल्नमा सहयोग पुग्ने उहाँले बताउनुभयो । स्याउको फुल खेल्न र परागसेचन प्रक्रियाका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ । उपल्लो मुस्ताङमा माइनस १५ डिग्री तापक्रम पुगेकाले स्थानीयको जनजीवन प्रभावित बनेको छ ।

हिमपातका कारण म्याग्दीको ग्रामिण क्षेत्रको यातायात सेवा प्रभाबित भएको छ । दरबाङ–मुना, पोखरेबगर–चित्रे, फलामेडाडा राम्चे लगायत ग्रामिण सडकमा हिउँ थुप्रिएपछि यातायातका साधन चलेका छैनन् ।

हिउँले पैदलमार्ग अवरुद्ध बनाएपछि धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जा यातायात सम्पर्क बिच्छेद भएको वडा अध्यक्ष झक छन्त्यालले बताउनुभयो । उहाँका अनुसार २५० घरधुरीले उपभोग गर्दै आएको गुर्जाको इङलेखोला लघुजलबिद्युत परियोजना पनि बन्द भएको छ ।

धवलागिरी गाउँपालिका–२ लुलाङका वडा अध्यक्ष गमप्रसाद बिकले हिमपातसँगै बढेको चिसोले जनजिबन कष्टकर बनेको बताउनुभयो । आवत जावत गर्न र गाइबस्तुलाई आहराको समस्या भएको वडा अध्यक्ष बिकले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...