मंगलाको १२ औ गाउँसभाबाट पाँच कार्यबिधी र एक वटा ऐन पारित

Gandaki Ghumau

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाहै गाउँसभा शुक्रबार बाबियाचौरमा सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले प्रस्तुत गर्नुभएको अल्या बजेट बाँडफाँट र बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको छ ।
पाँच वटा कार्यबिधी र एक वटा ऐन पारित भएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । “करिब चालिस लाख अल्या बजेट वडाबाट माग भएका योजना तथा कार्यक्रममा बिनियोजन र ३८ लाख बजेट संसोधन भएको छ,” उहाँले भन्नुभयो “गाउँसभामा अर्धबार्षिक समिक्षा पनि भयो ।”

Shreekrishna

संस्था दर्ता सम्बन्धी ऐन, बिषयगत समिति, लेखा समिति, बिधायन समिति, श्रमिक डेक्स सञ्चालन सम्बन्धी कार्यबिधी पारित भएको छ । गाउँपालिकामा रहेका औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरु अभिलेखिकरण र सूचिकरण गर्न कार्यबिधी बनाइएको हो ।

Gunasthariya Shiksya

सभामा गाउँपालिकाको चालु आर्थिक बर्ष २०७८÷७९ को योजना तथा कार्यक्रम र बजेट कार्यान्वयनको बिषयमा समिक्षा गरिएको थियो । चालु आर्थिक बर्षका लागि कुल रु. ४२ करोड ५६ लाख ६० हजार २३५ बिनियोजन भएकोमा २७.२६ प्रतिशत अथवा रु. ११ करोड ६० लाख ४६ हजार ५४९ खर्च भएको प्रशासकीय अधिकृत ढुङ्गानाले बताउनुभयो ।

चालु शिर्षकमा रु. २६ करोड ४८ लाख ५५ हजार ३७९ बिनियोजन भएकोमा ३५.८८ प्रतिशत अथवा रु. नौ करोड पचास लाख तीस हजार ५४२ खर्च भएको छ । कुल बजेटको ६२.२२ प्रतिशत चालु र ३७.७७ प्रतिशत पुजिगत शिर्षकमा बिनियोजन भएको छ ।

पुजिगत शिर्षकमा रु. १६ करोड आठ लाख चार हजार ९०६ बिनियोजन भएकोमा १३.०७ प्रतिशत अथवा रु. दुई करोड दश लाख १६ हजार सात खर्च भएको छ । ११० वटा योजना रहेकोमा ५७ वटाको सम्झौता र ९ वटा सम्पन्न भएका छन् ।

चार वटा योजना ठेक्का पक्रीयामा लगिएकोमा दुई वटाको सम्झौता भएको छ । अध्यक्ष रोकाले उपभोक्ता समिति गठन गरी योजना कार्यान्वयनमा जुट्न जनप्रतिनीधी र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...