जनप्रतिनिधीको तलब वापत पाएको रु. बीस लाख सामाजिक क्षेत्रमा

Gandaki Pardesh notice

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुबिधा वापत पाएको रु. बीस लाख भन्दा बढी रकमलाई सामाजिक काममा खर्चनु भएको छ ।

विपन्नको शिक्षा, स्वास्थ्य, विपद् ब्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिक स्थलको बिकास र बजेट अभावले अधुरा बनेका बिकास आयोजनालाई पूर्णता दिन सुबिधा वापत पाएको रकम खर्चनुभएको हो ।

सेवा सुबिधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करिब पाँच वर्षको अवधिमा रु. बीस लाख सामाजिक क्षेत्रमा खर्चेको गरेको भारतीय सेनाका सेवा निबृत्त क्याप्टेन रहेका अध्यक्ष पुनले बताउनुभयो । ‘‘पेन्सनले मेरो खर्च पुग्छ । परिवारका सदस्यहरु आफै आत्मनिर्भर छन,’’ उहाँले भन्नुभयोे “जनतासँग गरेको प्रतिवद्धता अनुसार सेवा सुबिधालाई सामाजिक क्षेत्रमा लगाएको हो ।”

Shreekrishna hardwear in news

गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शिर्षकमा मासिक रु. ४८ हजार सुबिधा तोकेको छ । पोखराको सुन्दरीडाँडा स्थित शिवमन्दिरमा नियमित पुजा सञ्चालनका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर एक जना पुजारीलाई तलबको ब्यवस्था गर्नुभएका अध्यक्ष पुनले नारच्याङ आधारभूत बिद्यालयमा रु. एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

Bhautik ministry notice about road

परिवारको कमजोर आर्थिक अवस्थाका कारण इञ्जिनियरीङको प्रवेश परिक्षा उतिर्ण भएपनि भर्ना हुन नसकेका पाउद्धारका काजल रोकालाई रु. एक लाख सहयोग गरेर गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिनु भएका पुनले करेन्ट लागेर दुवै हात गुमाएकी पाउद्धारकै कृशिखा बिकको उपचारका लागि रु. ३० हजार सहयोग गरेर सुरु गरेको अभियानबाट रु. बीस लाख भन्दा बढी जुटेको छ ।

गाउँपालिकाका बिद्यालयमा टेलिटिचिङ सुरु गर्न रु. ५० हजार सहयोग गरेर अभियान सुरु गर्नुभएका पुनले ज्ञानप्रकाश माविलाई रु. पचास हजार, मुक्तिमार्ग माविलाई रु. पचास हजार, शिख माविलाई रु. एक लाख, काफलडाडाको करबाकेली संरक्षण समितिलाई रु. एक लाख दश हजार, पाउद्धारको उपल्लोगाउँको आमा समूहको भवन निर्माणमा रु. दुई लाख पचास हजार, पाउद्धार युवा क्लवलाई मन्दिर बनाउन रु. पचास हजार, फलातेमा खेलमैदान बनाउन रु. पचास हजार, किन्दुको आमा समूहलाई भाडा खरिद गर्न रु. ४२ हजार सहयोग गर्नुभएको छ ।

घरापमा खानेपानी योजनालाई रु. एक लाख दश हजारको पाइप खरिद गरेर उपलब्ध गराउनुभएका पुनले बजेट अभावमा अुधरो बनेको घारको खानेपानी आयोजनालाई पुर्णता दिन रु. एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । दोसल्लेका धनबहादुर पुनको घर पुननिर्माणका लागि जस्तापाटा किन्न रु. ३५ हजार सहयोग गर्नुभएको छ । कोप्चेपानीको धवलागिरी आधारभूत बिद्यालयलाई रु. पचास हजार, हिस्तान स्वास्थ्य चौकीलाई रु. ७५ हजार सहयोग गर्नुभएको छ ।

यसैहप्ता कैलाश माबी दोबाका १५७ र टिकोट माबि हिस्तानका ७० जना बिद्यार्थीहरुलाई रु. दुई लाख बराबरको एक÷एक थान स्विटर बितरण गर्नुभयो । विभिन्न बिद्यालयका उत्कृष्ट बिद्यार्थी र खेलाडीहरुलाई पुरस्कृत गर्नुभएका पुनले जनप्रतिनिधी नभएको अवस्थामा पनि सामाजिक क्षेत्रमा सहयोग र समय दिएर योगदान गर्नुभएको थियो । पहिरो, चट्याङ्, आगलागी पिडितका साथै आर्थिक अभावका कारण उपचारका लागि अस्पताल पुग्न नसक्ने बिपन्नहरुका लागि पनि आफ्नो पारिश्रमिकबाट सहयोग गर्नुहुन्छ । प्राकृतिक प्रकोपको अवस्थामा जोखिम मोलेर आफै उद्दार र राहतमा अगुवाई गर्नुभएको छ ।

बि.स. २०२१ मा भारतीय सेनामा भर्ती भएर २१ वर्ष ९ महिना काम गरेर फर्किएका पुन पर्यटकीय स्थल घोडेपानीको सन्नी होटलका सञ्चालक हुनुहुन्छ । भारतीय सेनामा रहँदा स्विमीङ र डाइभिङमा दश वर्ष लगातार नेशनल च्याम्पियन बन्नुभएका पुनले नवौ र दशौ एसीयन, १९७९ को कमन वेल्थ गेम, १९८२ को वर्ड च्यापियनसिपमा सहभागी भएर पदक दिलाउनुभएको थियो । भारतमा खेल प्रशिक्षक भएर काम गर्नुभएका उहाँले नेपालको राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएर पदक जित्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...