मल्लाजमा वडा कार्यालय भवन निर्माण शुरु

Sinchai Khanipani notice

मल्लाज, पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा वडा कार्यालयको भवन निर्माण शुरु भएको छ ।

जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ ले बुधवार भवनको शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत बर्ष प्रतिरोपनी रु. छ लाखका दरले चार रोपनी तीन आना एक दाम जग्गा खरिद गरिएको थियो ।

Bhautik ministry notice about road

दुई तले भवनको भुईतलामा तीन वटा कोठा र माथिल्लो तलामा सभाहल बनाइने वडा अध्यक्ष गोबिन्द खत्रीले जानकारी दिनुभयो । भवन निर्माणका लागि महारानी कन्ट्रक्सनले ठेक्का लिएको छ । रु. एक करोड ४५ लाखको लागतमा भवन बनाउन लागिएको गाउँपालिकाले जनाएको छ ।
आगामी ३० महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । हाल घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको छ । शिलन्यास कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले पाँच बर्षको अवधिमा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि सडक लगायतका पूर्वाधार निर्माणमा उल्लेख्य काम गरेको बताउनुभयो ।

Shreekrishna hardwear in news

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जलजलाले सवै वडामा सुविधासम्पन्न भवन निर्माण गर्न डिपिआर तयार पारेको र लामाखेतमा जग्गा ब्यवस्थापन गरेर गाउँपालिकाको भवन निर्माण शुरु गरेको जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...