अन्नपूर्णका अध्यक्ष पुनद्धारा दोबाका बिद्यार्थीलाई न्यानो कपडा बितरण

Gandaki Pardesh notice

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बुधबार बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिका–१ दोबाको कैलाश माबिका बालबिकास देखि कक्षा १० सम्म अध्ययन गर्ने १५७ जना बिद्यार्थीहरुलाई स्वीटर बितरण गर्नुभएको हो ।

अध्यक्ष पुनले जनप्रतिनिधीको हैसियतमा पाएको सेवा सुबिधा वापतको रकमबाट दोवाको होजियारी लघुउद्यमी समूहले उत्पादन गरेको स्विटर खरिद गरेर बिद्यार्थीलाई बितरण गर्नुभएको हो ।

Shreekrishna hardwear in news

उद्यमी र सामुदायिक बिद्यालयका बिद्यार्थीलाई प्रोत्साहन गर्न स्विटर बितरण गरेको अध्यक्ष पुनले बताउनुभयो । अध्यक्ष पुनले बिहिबार टिकोट माबि हिस्तानका ७० जना बिद्यार्थीहरुलाई पनि स्वीटर बितरण गर्ने जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

कैलाश माबिको ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष दिलिपकुमार गर्बुजा, प्रधानाध्यापक सिरबहादुर गर्बुजा लगायतको उपस्थितिमा न्यानो कपडा बितरण गरिएको थियो ।

अध्यक्ष पुनले जनप्रतिनिधीको हैसियतमा आफूले पाउने तलबलाई छुट्टै खातामा जम्मा गरेर शिक्षा, स्वास्थ्य, महामारी नियन्त्रण, बिपन्न र सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...