बेगखोलामा मोटरेबल पुल निर्माण शुरु

Gandaki Pardesh notice

बेगखोला। राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्कि पुल निर्माण शुरु भएको छ ।

सडक बिभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका लागि बि.स. २०७८ असार २९ गते बिओकेआई÷हिमालयन जेभीसँग भ्याट सहित रु. आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता गरेको थियो ।

बिभागको पश्चिम सेक्टर कार्यालयका इञ्जिनियर आशिक रिजालले ठेकेदारले निर्माण सामग्री जुटाएर पुल निर्माणका लागि प्रारम्भिक चरणको काम शुरु गरेको जानकारी दिनुभयो । “११ मिटर चौडाईको हुने पुलको डिजाइन एण्ड बिल्ड (निर्माण ब्यवसायीले आफै डिजाईन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको हो,” उहाँले भन्नुभयो “बि.स. २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।”

Shreekrishna hardwear in news

बि.स. २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा एक जना मानिस, ११ वटा घर, बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवत जावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । पाँच बर्षअघि बगाएको बेलिब्रिजको बिकल्पमा पक्कि पुल निर्माण हुन लागेको हो ।

Bhautik ministry notice about road

पक्कि पुलसँगै गण्डकी प्रदेश सरकारको पूर्बाधार बिकास कार्यालय म्याग्दीले पनि बेगखोलामा ८० मिटर लामो झोलुङ्गे पुल निर्माण शुरु गरेको छ । गत कात्तिक तेस्रो हप्ता कर सहित रु. २९ लाख ३८ हजारमा ठेक्का सम्झौता गरेको हिमशिखर कन्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको पूर्बाधार बिकास कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।

बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुनःनिर्माण भएपछि बर्खा याममा बेनी–जोमसोम यात्रा गर्दा जोखिम, सास्ति र झञ्जट हट्ने अपेक्षा गरिएको छ । पुल महाशाखाले बेनी–जोमसोम–कोरला सडक अन्तरगत महभिर र पोखरबगर स्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माण गरेको छ ।

बि.स. २०७४ फागुनमा रु. १९ करोडमा ठेक्का लिएको हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले महभिरमा बनाएको ८० मिटर लामो ११ मिटर फराकिलो पुल सञ्चालनमा आइसकेको छ । पोखरेबगरमा बनाएको ७० मिटर लामो पुल जोड्ने पहुँच मार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भएको छ ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तरगत बेनी देखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण सकिएका छन् ।

१८६ किलोमिटर दुरिको बेनी–जोमसोम–जोमसोम–कोरला सडक आयोजना अन्तरगत थप एक वटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधिन रहेका छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताब गरिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...