मालिकामा वडामै योजना सम्झौता

Sinchai Khanipani notice

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले वडा कार्यालयमा योजना सम्झौताको ब्यवस्था मिलाएपछि उपभोक्ताको समय र खर्च बचत भएको छ ।

गाउँपालिकाका कर्मचारी र प्राबिधिकहरु वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्न थालेका हुन् । प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका उपभोक्ता समितिका पदाधीकारीहरुको सहजताका लागि वडामा पुगेर योजना सम्झौता गरिएको बताउनुभयो ।

“मालिकाका ७ वटा मध्य वडा नम्बर २ रुमका ८ वटा र ५ नम्बर वडा देबिस्थानका ९ वटा उपभोक्ता समितिसँग वडा कार्यालयमै पुगेर योजना सम्झौता भइसकेको छ,” उहाँले भन्नुभयो “वडा नम्बर ७ बिममा योजना सम्झौताका लागि जाने तयारीमा छौ । पालिकाको केन्द्र रहेको वडा नम्बर ६ बाहेकका वडाका योजना सम्बन्धित ठाउँमै पुगेर सम्झौता गर्छौ ।”

Shreekrishna hardwear in news

गाउँसभाबाट बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि उपभोक्ता समिति गठन र प्राबिधिकले लागत अनुमान तथा नक्सा तयार पारेपछि गाउँपालिकाका कर्मचारीहरु सम्झौताका लागि वडामा गएका हुन् । बैंकका कर्मचारीहरुलाई पनि सँगै लगेर वडामै उपभोक्ता समितिको खाता खोल्ने ब्यवस्था मिलाइएको छ ।

Bhautik ministry notice about road

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधीकारीलाई पालिकामा जाने आउने झञ्जट हटेको, खर्च र समयको बचत भएको छ । योजना सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिका अध्यक्ष, सचिब र कोषाध्यक्ष गाउँपालिकाको कार्यालयमा जान आउन पुरै दिन लाग्ने र गाडीभाडा, खाना, खाजाको खर्च ब्यक्तिगत रुपमा ब्यहोर्नुपर्दथ्यो । कुनै कागजात नमिलेपछि फर्किएर सिफारिस बनाउन वडामा आउने जाने गर्दा झञ्जट हुन्थ्यो ।

योजना सम्झौताका लागि योजना अधिकृतको नेतृत्वमा जनप्रतिनिधी, प्राबिधिक, प्रशासनिक, सहयोगी र बैंकका कर्मचारी सहित १८ जनाको टोली परिचालन गरिएको छ । योजना अधिकृत सोमबहादुर खत्रीले सम्झौतासँगै उपभोक्ता समितिका पदाधीकारीहरुलाई योजनाको प्राबिधिक, प्रशासनिक, आर्थिक लेखा ब्यवस्थापन र प्रक्रीयाका बिषयमा जानकारी गराइएको बताउनुभयो ।


चालु आर्थिक बर्षमा मालिका गाउँपालिकाले १७८ वटा योजना तथा कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ । योजना शाखाका कर्मचारी खसीला गुरुङका अनुसार हालसम्म ६२ वटा सम्झौता र २ वटा सम्पन्न भएका छन् ।

दरबाङ बजार संरक्षण, दरबाङ–निस्कोट, खारा–बिम सडक योजनाको ठेक्का मार्फत कार्यान्वयन गरिएको छ । रुम स्वास्थ्य चौकी, सिद्धार्थ माबिको भवन र दरबाङ बजार कालोपत्रे योजनाका लागि ठेक्का आव्हान भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...