घलेम्दीको छ महिनाको मुनाफा बीस लाख

Sinchai Khanipani notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला जलबिद्युत आयोजना सञ्चालन गरेको घलेम्दी हाइड्रो पावर कम्पनीले करिब २० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिना अवधिमा सो मुनाफा कमाएको हो ।
गत वर्ष यहीसयम अवधिमा घाटामा रहेको कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष ९६ लाख ७२ हजार रुपैयाँ घाटामा थियो ।

Bhautik ministry notice about road

यस्तै, यही अवधिमा कम्पनीले ५ मेगावाटको घलेम्दीको विद्युत बिक्री गरी १ करोड ४८ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यही समयअवधिमा १ करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

Shreekrishna hardwear in news

कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा रहेको र प्रतिसेयर नेटवर्थ १००.२८ रुपैयाँ रहेको छ । कम्पनीले बि.स. २०७६ माघमा निर्माण सम्पन्न गरेको आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ । From Urjakhabar

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...