पोखरेबगर स्थित कालीगण्डकीमा मोटरेबल पुल निर्माण

Sinchai Khanipani notice

पोखरेबगर, अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालयले ठेक्का मार्फत ७० मिटर लामो पक्की मोटरेबल पुल निर्माण गरेको हो ।

महभीर र पोखरबगरस्थित कालीगण्डकीमा २ वटा मोटरेबल पुल निर्माणका लागि बि.सं. २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले ठेक्का सम्झौता गरेको थियो । हिम सगरमाथाका प्राबिधिक टिकाराम भुषालले पोखरेबगरको मोटरेबल पुल निर्माण सकिएको जानकारी दिनुभयो ।

“महभिर स्थित कालीगण्डकी नदीमा निर्माण भएको ८० मिटर लामो पुल गत असोज महिनादेखिनै सञ्चालनमा आइसकेको छ,” उहाँले भन्नुभयो “पोखरेबगरमा पनि पुलका संरचना र पहुँचमार्ग निर्माण सकिएको छ । केही दिनमै सञ्चालनका लागि योग्य हुन्छ ।”

Shreekrishna hardwear in news

११ मिटर फराकिलो २ वटै पुल निर्माणका लागि ठेकेदार आफैंले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो । २ वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय १ वर्ष धकेलिएको हो ।

कोरोना महामारी र बाढी पहिरोजस्ता प्राकृतिक विपद्का बाबजुद सरकारले थपेको समयभित्रै पुल बनाएको प्राबिधिक भुषालले बताउनुभयो । पोखरेबगर तर्फको पहुँचमार्गमा पर्ने आश्रमको ब्यवस्थापनका बिषयमा बिवाद हुँदा केही समय अन्यौल भएको थियो ।

गाउँपालिका र वडाका जनप्रतिनिधी तथा अगुवाहरुको पहलमा आश्रमलाई ब्यवस्थापन गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले सघाउने जनाएपछि स्थानीयबासी पुलसम्म पुग्ने पहुँचमार्ग बनाउन सहमत भएका थिए । स्थानीयबासीहरुले भने धार्मिक स्थलको अस्तित्व पुलले संकट बनाएको गुनासो गरेका छन् । बि.सं. २०६४ सालमा मार्ग खुलेको बेनी–जोमसोम सडकको महभिर र पोखरेबगरमा यसअघि फलामको बेलीब्रिजबाट सवारी साधन वारपार गर्दै आएका थिए ।

Bhautik ministry notice about road

बेनी–जोमसोम–कोरला सडक अन्तरगतनै म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा सडक बिभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माण शुरु गरेको छ । बि.स. २०७८ असार २९ गते भ्याट सहित रु. आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता गरेको बिओकेआई÷हिमालयन जेभीले पुलको एक वटा पिल्लर निर्माणका लागि जग खनि सकेको छ ।

बिभागको पश्चिम सेक्टर कार्यालयका इञ्जिनियर आशिक रिजालले ११ मिटर चौडाईको हुने पुलको डिजाइन एण्ड बिल्ड (निर्माण ब्यवसायीले आफै डिजाईन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको जानकारी दिनुभयो । बि.स. २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

बि.स. २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा एक जना मानिस, ११ वटा घर, बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवत जावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । पाँच बर्षअघि बगाएको बेलिब्रिजको बिकल्पमा पक्कि पुल निर्माण हुन लागेको हो ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तरगत बेनी देखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण सकिएका छन् ।

१८६ किलोमिटर दुरिको बेनी–जोमसोम–जोमसोम–कोरला सडक आयोजना अन्तरगत थप एक वटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधिन रहेका छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताब गरिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...