धवलागिरी गाउँपालिकाको कार्यालय सात दिनका लागि बन्द

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका र वडा कार्यालयहरु सात दिनका लागि बन्द भएका छन् ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सोमबार एक बिज्ञप्ति जारी गरेर माघ १७ देखि २३ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जानकारी गराउनुभएको छ ।

गाउँपालिकाका कर्मचारीहरुमा बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको र सर्बसाधारणमा पनि संक्रमण बढेकाले नियन्त्रणका लागि सेवा बन्द गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गाउँपालिका र वडा कार्यालयको सेवा बन्द हुँदा बिकास योजना तथा कार्यक्रमको सम्झौता, आर्थिक, प्रशासनिक, सिफारिस सम्बन्धी काम प्रभाबित भएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लामा कोरोना भाइरसका सक्रीय संक्रमितको संख्या तीन सय जना भन्दा बढी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...