म्याग्दीमा कुष्ठरोगका नौ जना बिरामी

Gandaki Pardesh notice

सजिना खड्का
बेनी । म्याग्दीमा कुष्ठरोगका बिरामी नौ जना रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

गत बर्षदेखि औषधी सेवन शुरु गरेका तीन र यस बर्ष थपिएका छ जना कृष्ठरोगका बिरामी रहेका कार्यालयले बिश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार बेनीमा आयोजित कार्यक्रममा जानकारी गराइएको थियो ।

गत आर्थिक बर्षमा बेनी नगरपालिकाका १२ जना र मालिका गाउँपालिकाका एक जनामा कुष्ठरोग देखिएको थियो । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले गत बर्ष १० जना कुष्ठरोगका बिरामी औषधी सेवन पछि निको भएका जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

उहाँका अनुसार साउन महिनायता बेनी नगरपालिकाका ३, मालिका, रघुगंगा र मंगला गाउँपालिकाका एक एक जना कुष्ठरोगी पहिचान भएका छन् । म्याग्दीमा प्रति दश हजार जना बराबर एक दशमलब १८ को दरमा कुष्ठरोगी रहेका छन् ।

Bhautik ministry notice about road

प्रति दश हजार जना बराबर एक जना भन्दा बढी कुष्ठरोगी भएको जिल्लालाई जोखिमयुक्त मानिने कार्यालयका क्षयकुष्ठ निरिक्षक गणेश सुबेदीले बताउनुभयो । उपेक्षित रोगअन्र्तगत पर्ने कुष्ठरोग सर्ने र नसर्ने २ प्रकारका हुन्छन् ।

माइक्रोब्याक्टेरियम भन्न किटाणुबाट मानिसमा सर्छ । शरीरमा लाटोफुस्रो दाग देखिने, हात खुट्टा झमझमाउने, कानका लोती बाक्ला हुने, चेतना नभएका दाग तथा घाउ हुनु कुष्ठरोगका मुख्य लक्षण हुन् ।

‘यो रोग लागेमा ९५ प्रतिशत लड्न सक्ने क्षमता हुन्छ, त्यसमा पनि चार प्रतिशत निको हुन्छ,’ सुबेदीले भन्नुभयो ‘नेपालमा पनि शून्य दशमलब ६९ प्रतिशत मात्र कुष्ठरोगी छन् ।’ दश लाख जनसंख्यामा १ जनाभन्दा कम गर्ने र जन्मेदेखि १४ वर्ष उमेर समूहमा कुष्ठरोग शून्यमा झार्ने सरकारको लक्ष्य छ ।

बि.स. २०६६ सालमा कुष्ठरोग निवारण गरे पनि बर्षेनी ३ हजारका संख्यामा नयाँ रोगी देखिदै आएको कार्यालयले जनएको छ । स्वस्थ्यकर खानपान, आहार बिहार, सरसफाइ लगायतमा ध्यान दिँदै जनस्तरसम्म सूचना प्रवाहगरी सबैलाई सचेत गराउनुपर्ने बेनी अस्पतालका चिकित्सक देवान कार्कीले बताउनुभयो । एक बर्षसम्म नियमित औषधी सेवन गरेमा कुष्ठरोग निको हुन्छ ।

विश्व स्वास्थ्य संगठनले सूचिकृत गरेका २० प्रकारका उपेक्षित रोगमध्ये नेपालमा डेंगी, कालाजार, हात्तिपाइले, कुष्ठरोग, रेविज, लुतो, जुका, सर्पका टोकाइ, नाम्ले जुका, ट्राकोमा, चिकेन गुनिया लगायतका रोगहरु पर्छन् । म्याग्दीमा गत बर्षको तथ्याङ्क अनुसार डेङ्गु र स्क्रफटाइफसको पनि उच्च जोखिममा रहेको छ ।
गत बर्ष २०० जना डेङ्गुका बिरामी रहेकामा यस आर्थिक बर्षमा ४० जना भेटिएका छन् । यसैगरी गत बर्ष ५० जनामा स्क्रफटाइफस भएकोमा यस बर्ष १४ जना स्क्रफटाइफसका बिरामी भेटिएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...