भेडाबारीबाट तीस हजार किलो सुन्तला निकासी

Gandaki Pardesh notice

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनी टोलका कृषकले सुन्तला बेचेर रु. २१ लाख आम्दानी गरेका छन् ।

२० घरधुरीको बसोबास रहेको दुई वटा बस्तीको मुख्य आयस्रोत सुन्तला खेती बनेको छ । भेडाबारीका अगुवा कृषक ओम गिरीले यसपाली रु. २१ लाख मूल्य बराबरको तीस हजार किलोग्राम सुन्तला बिक्री भएको जानकारी दिनुभयो ।

“पोखराका ब्यापारी बगैचामा आएर बोटबाटै सुन्तला खरिद गरेर लगे,” उहाँले भन्नुभयो “सरदर रु. ७० प्रतिकिलोका दरले सुन्तला बिक्री गर्दा कम्तीमा रु. २१ लाख भित्रिएको छ ।” एक वटा घरले सरदर रु. एक लाख भन्दा बढी आम्दानी गरेका छन् ।

Shreekrishna hardwear in news

गत बर्ष रु. १५ लाख बराबरको सुन्तला निकासी भएको थियो । अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघको दोस्रो हप्तादेखि भेडाबारीको सुन्तला टिपेर बजार पठाउन थालिएको थियो । पाँच मुरी कोदो फल्ने बारीमा सुन्तला खेती गरेर बार्षिक रु. तीन लाख आम्दानी गरेको भेडाबारीका कृषक बेम गिरीले बताउनुभयो ।

“अन्नबालीको भन्दा सुन्तलाबाट धेरै गुणा फाइदा छ,” उहाँले भन्नुभयो “त्यही भएर मकै, कोदो लगाउन छाडेर सुन्तला लगाएका छौ ।” उपयुक्त हावापानी र अनुकुल भुगोल भएकाले भेडाबारीमा सुन्तला खेती फस्टाएको हो ।

Bhautik ministry notice about road

भेडाबारीमा दुई हजार पाँच सय उत्पादन दिने सुन्तलाका बिरुवा छन् । नयाँ बिरुवा थपिने क्रमसंगै बर्षेनी उत्पादन पनि बढेको छ । न्युनतम एक सय देखि पाँच सय बोटसम्म सुन्तला खेती गरेका छन् । बगैचाभित्र तरकारी, अदुवा र बेसार खेती गरेर अतिरिक्त आम्दानी पनि गरिरहेका छन् ।

सिचाई र सडक यातायातको समस्या भेडाबारी र भोर्लेनीको सुन्तला खेतिमा चुनौति बनेको छ । सुन्तला निकासी र आवत–जावतका लागि पोक हुदै भेडाबारीसम्म निर्माण गरिएको सडक स्तरोन्नति हुन सकेको छैन् । भेडाबारीबाट सातबिसेसम्म गाडीमा ल्याएको सुन्तला म्याग्दी खोलामा पुल नभएकाले भरिया मार्फत तोराखेतमा तारेर त्यहाँबाट गाडीमा राखेर बजार पठाउने गरिएको छ ।

नजिकै मुहान भएपनि सुन्तला बगैचामा सिचाई गर्न खानेपानीको पाइपको धारामा निर्भर हुनुपरेको छ । लामो सुख्खा र खडेरीसँगै सुन्तला खेतीमा सिचाई पु¥याउन समस्या भएको स्थानीय गणेश गिरीले बताउनुभयो ।

बाबियाचौरको माटेबगर र अर्मनको पोक जोड्ने मोटरेबल पुल निर्माण सम्पन्न गराउन पहल तथा समूह मार्फत भोर्लेनी र भेडाबारीमा सिचाई आयोजना निर्माणको तयारी भएको गाउँपालिकाका जनप्रतिनिधीले आश्वासन दिएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...