ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गयो

Gandaki Ghumau

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।

पर्वतको मिलनचोकबाट दग्नाममा निर्माणाधिन अपर राहुघाट जलबिद्युत आयोजनाका लागि निर्माण सामग्री लिएर जादै गरेको ग १ त ६०४४ नम्बरको ट्याक्टर पानाकोट भन्ने ठाउँमा दुर्घटना भएको हो ।

Gunasthariya Shiksya

ट्याक्टरको ढालाले च्यापीएर रोल्पाको सुनछहरी गाउँपालिका–३ का १८ वर्षीय नरजित घर्ति मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले जानकारी दिए ।

Shreekrishna

‘सडकबाट १४ फिट तल खसेको ट्याक्टरले च्यापीएर सख्त घाइते भएका घर्तिलाई उपचारका लागि बेनी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए,’ उनले भने ‘मृतक घर्ति ट्याक्टरको सहचालक थिए ।’

ट्याक्टरका चालक रोल्पाको सुनछहरी गाउँपालिका –३ का जनक घर्तिलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...