म्याग्दीका शैक्षिक संस्था बन्दलाई माघ मसान्तसम्म निरन्तरता

Sinchai Khanipani notice

बेनी । कोरोना (भाइरस) संक्रमणको जोखिम न्युनीकरणका लागि म्याग्दीका शैक्षिक संस्था बन्दलाई माघ मसान्तसम्म निरन्तरता दिइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी)को भर्चुअल बैठकले शिक्षण संस्थामा भौतिक उपस्थितिमा हुने पठनपाठनलाई माघ २९ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।

कोरोनाको तेस्रो भेरियन्ट फैलिएपछि माघको ५ गतेदेखि म्याग्दीका शिक्षण संस्थामा भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको थियो । स्थानीय तहका पदाधीकारी, सुरक्षा अधिकारी, चिकित्सक र स्वास्थ्यकर्मीको सुझाव तथा सिसिएमसीको निर्देशन अनुसार माघ मसान्तसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय लिएको प्रजिअ रानाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जिल्लाभित्र कोरोना संक्रमतिको संख्या ३ सय नाघेको र बालबालिका समेत जोखिममा रहेको अवस्थामा सीसीएमसीको निर्णय अनुसार नै जिल्लाभित्र भौतिक रुपमा पठनपाठन बन्द गरिएको बताउनुभयो ।

‘बालबालिकामा समेत कोरोनाको लक्षण देखिएको छ, भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस गरिएको छ’, प्रजिअ रानाले भन्नुभयो । उहाँले माघ महिनापछिको अवस्थालाई मध्यनजर गरी अर्को निर्णय गरिने बताउनुभयो ।

पठनपाठन बन्द भएको अवस्थामा बालबालिकालाई शैक्षिक गतिविधिमै ब्यस्त हुने गरी कार्यतालिका बनाउन स्थानीय तहमार्फत विद्यालयलाई समेत सघाउन अनुरोध गरिएको छ । त्यस्तै १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई विद्यालयमा खोप लगाउने अभियानलाई निरन्तरता दिइएको छ ।

यसैबीच बैठकले जिल्लाभित्रका तातोपानी कुण्डमा स्नान गर्न समेत माघ मसान्तसम्म रोक लगाएको छ। ओमिक्रोन भेरियन्ट संक्रमणको जोखिमलाई रोक्न जिल्लाभित्र अनिवार्य मास्क र खोप अभियानमा सहभागी हुन समेत अनुरोध गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...