छहरीखोलामा बेलिब्रिज निर्माण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ छहरीखोला स्थित राहुघाट नदीमाथी बेलिब्रिज निर्माण भएको छ ।

संयुक्त उर्जा कम्पनीद्धारा निर्माण शुरु भएको ठुलोखोला जलबिद्युत आयोजनाले बेलिब्रिज निर्माण गरेको हो । २१.३ मेगावाट क्षमताको आयोजनाको बिद्युतगृह निर्माण स्थल जोड्ने बेलिब्रिजको शुक्रबार रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।

बेलिब्रिज निर्माण भएपछि आयोजनाको बिद्युतगृह, सुरुङ निर्माणमा सहज, धौलागिरी आइसफल र सेञ्चुरी पदमार्गमा जाने पर्यटक, दुवाडी र ढाड गाउँका बासिन्दालाई सुबिधा पुगेको स्थानीयबासी प्रकाश छन्त्यालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पुल नहुँदा बर्खायाममा बिद्युतगृह निर्माण स्थल मुल सडकदेखि यातायात सम्पर्क बिच्छेद हुने समस्या थियो । अब बाह्ै महिना निर्माणको काम गर्न सकिने वातावरण बनेको ठुलोखोला जलबिद्युत आयोजनाका कर्मचारी राम खत्रीले बताउनुभयो ।

सुगँुरथलामा बाँध रहने आयोजनाको दुई हजार सात सय मिटर सुरुङ निर्माण भैरहेको छ । ११२ मिटर सुरुङको अडिट निर्माण भइसकेको खत्रीले बताउनुभयो । बेलिब्रिज उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भण्डारीले आयोजनाका साथै स्थानीयबासीलाई पनि सुबिधा पुग्ने बताउनुभयो ।

संयुक्त उर्जा र तुदी हाइड्रोपावरले मौवाफाँट हुदै दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क जोड्ने सडकको अजिंगर भिरमा मार्ग निर्माणमा गाउँपालिकासँग साझेदारी गरेका थिए । बेलिब्रिज उद्घाटन कार्यक्रममा रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ का अध्यक्ष देउप्रसाद पुन, ८ का अध्यक्ष गमान छन्त्याल र आयोजनाका प्रर्वद्धक कम्पनीका सञ्चालकहरुको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...