रत्नेचौरको ‘भाइरल’ तोरीबारी र सडक

Sinchai Khanipani notice

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको तोरी बारीको सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित गरेको छ । चिसो छल्न, थकान मेटाउन, ‘टिकटक’ बनाउन र तस्बिर खिचाउनेहरुको रत्नेचौरमा चहलपहल बढेको छ ।

‘सामाजिक सञ्जाल फेसबुक र ‘टिकटक’मा भाइरल भएसँगै रत्नेचौर घुम्न आउने बढेका छन्,’ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले भन्नुभयो ‘तोरीले पहेँलै तथा गहुँ र केराउले हरियाली छाएपछि सुन्दर, आकर्षक र मनमोहक देखिएको रत्नेचौरमा रमाउन आएकाहरुको चहलपहल छ ।’

तोरी फुलेको खेतको फाँटको पृष्ठभूमिमा पहाडी भूगोल र धवलागिरी हिमाल । खेतको बिचमा कालोपत्रे सडक । सडकको दायाँ र बायाँ परम्परागत तथा आधुनिक घरहरुको ग्रामिण बस्ती रत्नेचौरको आकर्षण हो ।

Shreekrishna hardwear in news

पुर्व फर्किएको रत्नेचौरको पृष्ठभूमिमा संसारको सातौं अग्लो आठ हजार १६७ मिटर उचाइको धवलागिरी हिमाल देखिन्छ । तोरी फूलेर पहेँलै बनेको रत्नेचौरमा खेतको बीचमा रहेको सडकमा कालोपत्रे गरिएपछि देखिएको चिल्लो सडकले आकर्षण थपेको स्थानीय भानु माबिका प्रअ भरत खत्रीले बताउनुभयो ।

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली हुँदै बराङ्जा पुग्ने सडकखण्डको १८ सय मिटर सडक गत बर्ष कालोपत्रे र ढलान भएको थियो । तोरी फुलेको खेतको बिचमा रहेको सडकमा फोटो, भिडियो खिच्ने र रमाउने युवा युवतीहरुको भीड लागेको स्थानीय कृष्ण बोगटीले बताउनुभयो ।

‘बेनी, बाग्लुङ, कुश्मा, गल्कोट र पोखराबाट युवा युवति देखि बयस्कहरु गडीनै रिजर्भ गरेर रत्नेचौर घुम्न आएका छन्,’ उहाले भन्नुभयो ‘दैनिक २०० जनाको हाराहारीमा पर्यटक आएका छन् । यसअघि खासै चर्चा र चलहपहल थिएन् ।’ बालबालिका, युवा युवती देखि अधबैंसे उमेर समूहका मानिसहरु रत्नेचौरको तोरीबारीमा रमाउन पुगेका छन् ।

Bhautik ministry notice about road

उनीहरु त्यहाँ पुगेर फोटो, भिडियो र सेल्फी खिच्ने तथा टिकटक बनाउँछन् । तोरी फूलेको कारण कालोपत्रे गरेको चिल्लो सडक समेत ‘भाइरल रोड’ बनेको छ । सामाजिक सञ्जालमा भिडियो हेरेपछि साथीहरुसँगै रत्नेचौर घुम्न आएको बाग्लुङका सम्राट केसीले बताउनुभयो ।

‘फेसबुक र टिकटकमा देखेर पाँच जना साथीहरु रत्नेचौरको तोरीबारी घुम्न आएका हौ,’ उनले भने ‘पिच सडक बनेपछि आकर्षक बनेको रहेछ् । रमाइलो महशुस भयो ।’ तोरीबारी घुम्न आउनेको चहलपहलले ब्यापार बढाएको रत्नेचौरको चिता हाउस रेष्टुरेन्टका सञ्चालक हरि खत्रीले बताउनुभयो ।

रत्नेचौरमा पहिलेदेखि नै तोरी उत्पादन हुँदै आएको थियो । २०२३ सालमा बनेको सिचाई आयोजना मर्मत गरेर बाह्ै महिना खेती गर्न सकिने बनाइएको छ । मौरीपालन तथा मह उत्पादनका लागि उपयुक्त मानिने तोरीको सागलाई तरकारीको रुपमा प्रयोग गर्ने गरिन्छ । तेलहन बालीमा पर्ने तोरी तीन महिनामा पाक्दछ ।

पर्यटक आकर्षित गराउन र आवत जावतको सुबिधाका लागि बाग्लुङको कुडेले देखि रत्नेचौर जोड्ने ढोडेनीखोला माथी ३८८ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न लागिएको स्थानीयबासी समेत रहेका प्रतिनिधीसभा सदस्य भूपेन्द्रबहादुर थापाले बताउनुभयो ।

तीन करोड पचास लाख रुपैयाँको लागतमा निर्माण भइरहेको पुलले बागलुङको पञ्चकोट, शालग्राम संग्राहालय लगायत बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकिय क्षेत्रमा आउने पर्यटकलाई रत्नेचौर भित्र्याउन सहयोग पुग्ने उहाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...