बेनपा–८ आफ्नै भवनमा

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर– ८ को आफ्नै भवनबाट सेवा सञ्चालन भएको छ ।

नगरपालिकाले क्याम्पसचोकको भलबाढी ब्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुननिर्माण गरेर वडा कार्यालय सञ्चालन गरिएको हो । माघ महिनादेखि आफ्नै भवनबाट कार्यालय सञ्चालन गरिएको वडा अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

“गणेशटोलमा मासिक रु. २० हजार तिरेर भाडामा लिएको फल्याटबाट वडा कार्यालय सञ्चालन गरेका थियौ,” उहाँले भन्नुभयो “निर्बाचित भएको तीन महिनासम्म वडा कार्यालय नहुँदा बाटोमै सेवा दिनुपरेको तितो अनुभव छ ।”

Shreekrishna hardwear in news

नगरपालिकाले गत बर्ष क्याम्पसचोकको भलबाढी ब्यवस्थापन गर्न रु. एक करोड २१ लनखमा चार आना जग्गा र त्यहाँ रहेको घर अधिग्रहण गरेको थियो । क्याम्पसचोकका बासिन्दाले रु. २१ लाख संकलन गरेर नगरपालिकालाई उपलब्ध गराएका थिए ।

अधिग्रहण भएको घरको भुइतला मुनी भूमिगत नाला बनाएर बाढी ब्यवस्थापन गर्ने बनाइएको छ । भुइतलाको सटर सहित तीन वटा कोठा भाडामा लगाउन मासिक न्युनतम रु. ३० हजार भाडा कायम गरेर प्रस्ताव आव्हान गरेको नगरपालिकाले जनाएको छ ।

Bhautik ministry notice about road

पहिलो तलाको तीन वटा कोठामा वडा कार्यालय स्थापना गरिएको हो । वडा अध्यक्ष, सचिब र भण्डारण कक्ष बनाइएको छ । भवन पुननिर्माण गरेर कार्यालय स्थापना गर्न रु. दश लाख खर्च भएको वडा अध्यक्ष बराइलीले बताउनुभयो । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको छ ।

क्याम्पसचोकमा भलबाढी ब्यवस्थापन गर्न पछिल्लो तीन बर्षमा रु. ७५ खर्च गरेको नगरपालिकाले यस बर्ष थप रु. आठ लाख बिनियोजन गरेको छ । म्याग्दी बहुमुखी क्याम्पसको प्रवेशद्धारदेखि वडा कार्यालय भवन सम्म करिब २५० मिटर पक्कि नाला निर्माण भएको छ ।

यस बर्ष क्याम्पसचोक माथिको पाखोमा पहिरो नियन्त्रण र कालीपुलको नाली ब्यवस्थापन गर्न रु. चार÷चार लाख बिनियोजन भएको वडा सदस्य हिमबहादुर भण्डारीले बताउनुभयो । कालीपुलको पक्कि पुल देखि वडा कार्यालय भएको भवनबाट क्याम्पसचोक निस्कने पैदलमार्ग बनाउने योजना अघि सारिएको उहाँले बताउनुभयो ।

पाखोबाट आउने बाढी बर्खामा नाली फुटेर क्याम्पसचोक जलमग्न हुने समस्या थियो । बाढी सहितको पानी प्राकृतिक रुपमा बग्न मिल्ने गरि नाली निर्माण भएकाले समस्या हट्ने अपेक्षा गरिएको क्याम्पसचोकका बासिन्दा यामबहादुर बानियाले बताउनुभयो ।

बेनी नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए । पात्लेखेत र वाखेत गाउँको सिमानामा रु. २० लाख खर्चेर हालै १० नम्बर वडाको तीन कोठे एक तले भवन निर्माण भएको थियो ।

बेनीको सामुदायिक चोकमा गत बर्ष वडा नम्बर ७ को भवन निर्माण भएको थियो । सात नम्बर वडाको भवनमा तला थप गर्न चालु आर्थिक बर्षमा बिनियोजन भएको रु.आठ लाख बजेट कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको छ ।

आर्थिक बर्ष २०७६÷७७ मा अर्थुङ्गेमा शुरु भएको वडा नम्बर ६ को भवन निर्माण कार्यलाई पुर्णता दिन चालु आर्थिक बर्षमा बिनियोजन भएको रु. बीस लाख बजेटको काम गर्न ठेक्का लागेको इञ्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो । गत बर्ष नगरपालिकाको भवन परिसरमा बिषयगत शाखा कार्यालयहरुका लागि नयाँ प्रशासकीय भवन निर्माण भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...